arrow

विष्णु र शंकर सँगै बसेर सकाए केन्द्रीय समितिको लिष्ट, ओलीले अन्तिम ‘टच’ दिँदै  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १२ आइतबार
uml-10th-sauraha.jpg
तस्वीर–फाइल ।

सौराहा । नेकपा एमालेको दशौं महाधिवेशनबाट छानिने नयाँ केन्द्रीय समितिको सूची तयार भएको छ । उपमहासचिव विष्णु पौडेल र शंकर पोखरेल सँगसँगै रहेर केन्द्रीय समितिको लिष्ट तयार गरेका हुन् । 

तर महासचिवमा भने उनीहरुबीच नै टक्कर रहेको छ । पौडेल र पोखरेलसँगै सचिवद्धय प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङ पनि सँगै रहेका थिए । 

उक्त टिमले तयार पारेको उक्त सूची अध्यक्ष केपी शर्मा ओलीले अन्तिम ‘टच’ दिँदैछन् । उनको मुडले को कुन पदमा हुन्छन् भन्ने अझै निश्चित छैन । जसको हातमा जे पनि पर्न सक्छ । 

बिहान १०ः३० बजे बस्ने भनेको बन्द सत्र अहिलेसम्म बस्न नसकेको छैन । लिष्ट तयार भएपछि ओलीले बन्दसत्र आह्वान गर्नेछन् र स्वघोषणा गरी महाधिवेशन सकाउने छन् । 

यता, अध्यक्षमा लड्ने घोषणा गरेका डा. भीमबहादुर रावलको स्वर भने सुनिने छैन । 

निर्वाचनको प्रक्रिया नै अगाडि नबढ्ने भएपछि स्वतः महाविधेशन अन्त्यको घोषणा गरिने स्रोतले बताएको छ । 



नयाँ