- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सौराहा । एमालेको सौराहामा जारी दशौं महाधिवेशनमा सर्वसम्मत केन्द्रीय कमिटीको नेतृत्व चयन नभए विद्युतीय मतदान असम्भव हुने भएको छ । चितवनमा जारी सर्वसम्मतिको प्रयास असफल भए एमाले केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमा निर्वाचन गर्नुपर्ने हुन्छ ।
यसका लागि निर्वाचन समितिले विद्युतीय मतदान मेसिन तयारी हालतमा राखे पनि संशोधित विधानका कारण तत्काल विद्युतीय मतदान असम्भव हुने देखिएको हो ।
एमालेले विधान संशोधन अघिको केन्द्रीय पदाधिकारी र सदस्य संख्याको हिसाब गरेर मतदानको व्यवस्था गरेको थियो । तर विधान संसोधन गर्दै उपाध्यक्षसहितका पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप भएका कारण भोटिङ मेसिनमा पुनः पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउनु पर्ने अवस्था आएको छ ।
विद्युतीय मतदानको तयारीमा रहेका प्राविधिकका अनुसार थपिएका पदाधिकारी र केन्द्रीय सदस्यको संख्यासमेत समावेश गरेर तत्काल विद्युतीय मतदान गराउन असम्भव छ ।
सहमति भएन र निर्वाचनमा जानुपर्ने अवस्था आएमा मतपत्र छाप्नु पर्नेछ । विद्युतीय मतदान गर्ने हो भने मतपत्र तयारीका लागि समय लाग्ने प्राविधिकहरु बताउँछन् ।