arrow

भीम रावलले बन्दसत्र स्थल नछोड्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १२ आइतबार
bhim-rawal-10th-general-uml.jpg

सौराहा । नेकपा एमालेको १०औं महाधिवेशनको बन्दसत्र स्थल उपाध्यक्ष डा. भीमबहादुर रावलले नछोड्ने बताएका छन् । रावलले नेतृत्व विधान विपरीत जानसक्ने भन्दै बन्दसत्र स्थल नछोड्ने बताएका हुन् ।

आइतबार बिहान १०ः३० बजेका लागि बोलाइएको बन्दसत्र बेलुकी ७ बजेबाट बन्दसत्र सुरु हुने छ । अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व चयन गर्ने जिम्मेवारी दिएको थियो । अध्यक्ष ओली बिहानैदेखि आफू निकटका नेताहरूसँग सर्वसम्मत नेतृत्व चयनका विषयमा छलफल गरिरहेका छन् ।

उता अध्यक्षमा उम्मेदवारी घोषणा गरेका नेता रावलले जे पनि हुनसक्ने भन्दै बन्दसत्र स्थलमै रहने बताएका छन् । उनका लागि सचिवालयले बाहिरबाट खाना प्याक गरेर लैजाने भएको छ ।



नयाँ