- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सौराहा । नेकपा एमालेको दशौं महाधिवेशन अन्तिम चरणमा पुगेको छ । चितवनको सौराहाबाट महाधिवेशन टुंगिन लाग्दै गर्दा अन्तिम बन्द सत्र शुरु भएको छ ।
राति ८ बजेपछि बन्द सत्र शुरु भएको भए पनि अध्यक्ष केपी शर्मा ओली भने बन्द सत्रको हलभित्र पुगेका छैनन् । अध्यक्ष मण्डलको बैठक बसिरहेको छ । अध्यक्षमण्डलको बैठक सकिएपछि बन्द सत्र संचालन हुनेछ ।
यो बन्द सत्रले १० औं महाधिवेशनबाट कार्यसमितिमा आउनेको नाम बढेर थपडी बजाएर अनुमोदन गर्ने कार्यक्रम छ । यो जिल्ला अध्यक्ष ओलीले पाएका छन् ।
स्रोतका अनुसार उनले आफ्नो नाम वाचन गरेर आफूलाई अध्यक्ष घोषित गर्नेछन् । त्यस्तै अन्य पदाधिकारी र सदस्यहरुको नाम पनि उनले पढेर सुनाउने छन् ।
आज दिनभर नै टीका लगाएर दिने पदहरुको बारेमा पटक पटक गोप्य छलफल भएको थियो । केन्द्रीय समितिको सूची पदाधिकारीमा नाम भएकाहरुले तयार गरेका थिए । ओलीले ती नामलाई पनि अन्तिम टच दिएका छन् ।
यता अध्यक्षमा लड्ने घोषणा गरेका डा. भीमबहादुर रावलले दिनभर नै बन्द सत्र स्थल छाडेका छैनन् । उनी आफूमात्र भए पनि अध्यक्षमा लड्ने भने पनि उनको स्वरलाई दबाइएको छ । तर उनले अडान छाडेका छैनन् ।
उनले लोकतान्त्रिक विधिबाट चुनाव हुनुपर्नेमा जोड दिँदै आएका छन् । शुक्रबारदेखि चितवनमा भइरहेको महाधिवेशन आजै राति सकिँदैछ ।