arrow

बागमती सभापतिको लागि बानियाँ र केसीबीच फेरि प्रतिस्पर्धा हुने, कसैको आएन ५१ प्रतिशत मत

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ मंसिर १९ आइतबार
received_654470352218364.jpeg

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा सबैभन्दा बढी मत ईन्द्र बानियाँको आएको छ । हिजो भएको निर्वाचनको मध्यरात १२ बजेदेखि मतगणना भएको थियो । बिहान साढे ४ बजे मतगणना सकिएको हो । 

मत परिणाम अनुसार, बानियाँले ९९२  मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार जगदीश्वरनरसिंह केसीले ८७२ मत पाए । भीमसेनदास प्रधानले १९७ मत प्राप्त गरेका छन् । 

बागमतीमा सभापति पदमा पुनः मतदान हुने भएको छ । कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेका कारण पुनः मतदान हुने भएको हो । बानियाँले कुल मतको ४८ प्रतिशत मत प्राप्त गरेका छन् । 

यसअघि गएराति १० बजे सकिएको मतदानमा २ हजार ८३ मत खसेको थियो । जसमा १० मत बदर भएको निर्वाचन समितिले जनाएको छ । बाँकी १२ जनाले सभापति पदमा मत नदिएको बताइएको छ । अब बागमतीमा दोश्रो चरणमा निर्वाचन हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ