arrow

कांग्रेस बागमती प्रदेशमा बानियाँ र केसीबीच पुनः भिडन्त, साढे ११ बजेपछि मतदान

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ मंसिर १९ आइतबार
hamrakura-baniya-kc.jpg

हेटौंडा । हेटौंडामा जारी बागमती प्रदेशको महाधिवेशनमा सभापति पदको लागि दोश्रो चरण को मतदान आज हुने भएको छ । सभापतिका लागि कसैको पनि ५१ प्रतिशत मत नआएपछि पुनः मतदान हुन लागेको हो । बिहान ११:३० बजेदेखि दोस्रो चरणको मतदान सुरु हुने निर्वाचन समितिले जानकारी गराएको छ। नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा सबैभन्दा बढी मत ईन्द्र बानियाँको आएको छ । हिजो भएको निर्वाचनको मध्यरात १२ बजेदेखि मतगणना भएको थियो ।

मत परिणामअनुसार, ईन्द्र बानियाँले ९ सय ९२  मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार जगदीश्वरनरसिंह केसीले ८ सय ७२ मत पाएका छन् भने भीमसेनदास प्रधानले १ सय ९७ मत प्राप्त गरेका छन् ।

यसरी हेर्दा ५१ प्रतिशत कसैको पुग्दैन । कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेमा पुनः मतदान हुने काङ्ग्रेसको विधानमा छ । बानियाँले कुल मतको ४८ प्रतिशत मत प्राप्त गरेका छन् ।

राती १० बजे सकिएको मतदानमा २ हजार ८३ मत खसेको थियो । जसमा १० मत बदर भएको निर्वाचन समितिले जनाएको छ । बाँकी १२ जनाले सभापति पदमा मत नदिएको बताईएको छ ।

अब बानियाँ र केसीबीच प्रतिस्पर्धा हुनेछ । अर्का उम्मेदवार भिमसेनदास प्रधान निर्णायक बनेका छन् । 

अधिवेशनले पार्टी प्रदेश सभापति एक जना, उपसभापति दुई जना, महामन्त्री दुई जना, सह महामन्त्री तीन जनासहित ९१ जनाको प्रदेश कार्यसमिति चयन गरिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ