arrow

रामजानकी विवाहपञ्चमी : राम मन्दिर र जानकी मन्दिरका महन्थबीच सम्धी मिलन

तिलकोत्सव विधि सम्पन्न

logo
निरञ्जनकुमार साह,
प्रकाशित २०७८ मंसिर २० सोमबार
samdhi-milan.jpg

जनकपुरधाम । साताव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवको चौथो दिन सोमबार तिलकोत्सव विधि सम्पन्न भएको छ । तिलकोत्सवको अवसरमा २५१ कोसेली (भार) लिएर जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव राम मन्दिर पुगेका छन् । 

राम मन्दिरको प्राङ्गणमा आयोजित तिलकोत्सव समारोहमा अयोध्या दरबारको प्रतिनिधित्व गर्ने राम मन्दिरका महन्थ राम गिरी र जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवबीच सम्धी मिलन गरिएको छ।

No description available.

यसअघि विवाह पञ्चमी महोत्सवअन्तर्गत आइतबार जानकी मन्दिरमा बनाइएको मञ्चमा धनुष तोडिएको थियो । त्रेता युगमा भगवान् रामले धनुष तोडेको स्मरणमा हरेक वर्ष विवाह पञ्चमीको समयमा जनकपुरधाममा धनुष यज्ञ हुन्छ ।

त्रेता युगमा मङ्सिर शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झना स्वरूप परापूर्व कालदेखि नै यहाँ धूमधामसँग विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ ।

मर्यादा पुरुषोत्तम श्रीराम र आदर्श नारी सिताबिच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष मङ्सिर शुक्ल पञ्चमी तिथिका दिन मिथिला नगरी जनकपुरधाममा विवाह महोत्सव आयोजना गरिन्छ ।

यस वर्ष सप्ताहव्यापी कार्यक्रमअन्तर्गत शुक्रवार जनकपुरधाम नगर दर्शन, शनिवार फूलबारी लीला, आइतबार धनुष यज्ञ र आज तिलकोत्सव विधि मनाइएका हुन् ।

त्यस्तै, मङ्गलवार मटकोर, बुधबार स्वयंवर तथा विवाह र बिहीबार रामकलेवा विधिको कार्यक्रम आयोजना गरिनेछ ।

यस वर्ष विवाह पञ्चमीमा भारतको सीमावर्ती क्षेत्र र नेपालको विभिन्न स्थानबाट लाखौँ श्रद्धालु सहभागी हुने अनुमान गरिएको छ ।

No description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ