arrow

कांग्रेस बागमती प्रदेश पदाधिकारीको मत परिणाम सार्वजनिक, कसको कति मत ?

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ मंसिर २१ मंगलबार
congress-bagmati-province-11.jpg

हेटौंडा । गत शनिबार सम्पन्न कांग्रेस बागमती प्रदेशको पदाधिकारीको निर्वाचनको नतिजा सार्वजनिक भएको छ। सोमबार राति सम्पन्न मतगणना अनुसार कांग्रेस बागमती प्रदेश उप-सभापतिमा मोहन बहादुर बस्नेत र चन्द्र महर्जन विजयी भएका छन् ।

बस्नेतले १०५९ मत र महर्जनले १०३७ मत प्राप्त गरेका छन। बस्नेत जगदीश्वरनरसिंह केसी र महर्जन इन्द्रबहादुर बानियाँ प्यानलबाट उम्मेदवार थिए। 

त्यसैगरी महामन्त्रीमा कंचन बादे र राजु श्रेष्ठ निर्वाचित भएका छन भने महामन्त्रीका अर्का उम्मेदवार माइकल रामचन्द्र अर्याल झिनो मतान्तरले पराजित भएका छन। निर्वाचित बादेले ९९५ र श्रेष्ठले ९१० मत प्राप्त गरेका छन। बादे केसी र श्रेष्ठ बानियाँ प्यानलबाट उम्मेदवार बनेका थिए।

त्यसैगरी सहमहामन्त्री महिलामा जीवन डङ्गोल निर्वाचित भएकी छिन। उनले ९४९ मत प्राप्त गरेकी छिन। सहमहामन्त्री खुला तर्फ ॠषिराम घिमिरे र हरिशरण श्रेष्ठ विजयी बनेका छन। घिमिरेले ९१६ मत प्राप्त गर्दा श्रेष्ठले ८३९ मत प्राप्त गरेका थिए ।

बागमती प्रदेश सभापतिमा ईन्द्रबहादुर बानियाँ १५८ मतान्तरले  निर्वाचित भइसकेका छन। उनले सभापतिका अर्का उम्मेदवार जगदीश्वर नरसिंह केसीलाई पराजित गरेका थिए।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ