arrow

धर्म निरपेक्ष हुँदैन स्वतन्त्र हुन्छ – डा. शशांक कोइराला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २४ शुक्रबार
dr-sashank-koirala-242424.JPG

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले धर्मनिरपेक्षता शब्द ठीक नभएको बताएका छन् । पार्टीको १४ औं महाधिवशेनको उद्घाटन सत्रमा बोल्दै उनले भने, ‘धर्म निरपेक्ष हुँदैन न सापेक्ष हुन्छ धर्म त स्वतन्त्र हुन्छ ।’ उनले अगाडि भने, ‘हाम्रो शक्ति भनेको ६० प्रतिशत युवा ४० वर्ष मुनिका छन् । उनीहरुलाई कसरी विकासका लागि परिचालन गर्नुपर्छ भन्ने हो ।’

उनले आफूहरुको शक्तिबारे भने, ‘एउटा हाइड्रो हो । अर्को पर्यटक हो जुन कोभिड १९ को महामारीले अहिले रोकिएको र तेस्रो कृषि हो । तर दुःखको कुरा कृषिको लागि दुई प्रतिशत मात्रै बजेट छुट्टिएको छ । कृषिमा २५ देखि ३० प्रतिशत बजेट बनाउनुपर्छ म भन्छु । वीपीले आफ्ना कार्यकालमा २५ प्रतिशत बजेट कृषिमा गर्नु भएको थियो ।’ 

डा. कोइरालाले थप स्पष्ट पार्दै भने, ‘हामीले कृषिमा धेरै परिवर्तन गर्न सक्छौं । अब हलो जोतेर हुँदैन आधुनिकीकरण गर्नुपर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ