arrow

गगन थापाको बधाइसँगै देउवाबाट अपेक्षा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २९ बुधबार
gagan-thapa-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सभापतिमा पुनः शेरबहादुर देउवा विजयी भएकामा हार्दिक बधाई दिएका छन् । उनले  सामाजिक संजालमार्फत आम कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको शुरुआत गर्ने विश्वाससमेत व्यक्त गरेका छन् । 

नेता थापाले समुन्नत नेपालको अभियान र पार्टी रुपान्तरणका मुद्धामा सहकार्य हुने नै छ भनी लेखेका छन् । नेता थापा महामन्त्रीका उम्मेदवार हुन् । देउवाले सभापतिमा डा. शेखर कोइरालालाई पराजित गरेका हुन् । 

उपसभापतिदेखि पदाधिकारीको मतगणना आज अपरान्हदेखि हुँदैछ । 

यस्तो छ थापाको ट्वीटर सन्देश–
‘आदरणीय @SherBDeuba ज्यू,पुनःसभापतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ! आम कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको शुरुआत गर्नु हुनेछ भन्ने अपेक्षा गर्छु। समुन्नत नेपालको अभियान र पार्टी रुपान्तरणका मुद्दामा सहकार्य हुने नै छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ