arrow

रक्षामन्त्री रिजालले प्रधानमन्त्री देउवालाई बुझाए राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १ बिहिबार
rejal-resign.jpg

काठमाडौं । रक्षामन्त्री डा मिनेन्द्र रिजालले आफ्नो पदबाट राजिनामा दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई आज भेट गरी मन्त्री रिजालले राजिनामा पेश गरेका हुन् । 

राजिनामा बुझाएपछि उनले अहिले रक्षामन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेका छन् ।बिहीबार कांग्रेस महामन्त्रीको मत गणना जारी रहँदा उनले सामाजिक संजालमा आफ्नो प्रतिक्रिया लेख्दै मन्त्री पदबाट राजीनामा दिने जनाएका थिए ।

'नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरुपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजिनामा दिने निर्णय लिएको छु अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजिनामा पेश गर्नेछु', नेपाली कांग्रेसका नेता डा रिजालले पोष्टमा भनेका छन् । 

कांग्रेसको महाधिवेशनअन्तर्गत महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । अन्तिम मतपरिणामअनुसार खसेको ४ हजार ६ सय ८२ मतमा थापाले ३ हजार २३ मत पाए भने शर्माले १ हजार ९ सय ८४ मत पाए । त्यस्तै रिजालले ८ सय ९ मत पाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ