arrow

पदीय जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नेछु – गगन थापा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १ बिहिबार
gagan-thapa-winners.jpg

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं नवनिर्वाचित महामन्त्री गगन थापाले कुनै एक समूहबाट निर्वाचन लडे पनि आफू पार्टीको महामन्त्री भएको बताएका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग बौल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । ‘म एक समूहमा बसेर निर्वाचन लडेँ उहाँहरु प्रति सम्मान छ, म आज जिम्मेवारी पाइसकेपछि सिंगो पार्टीको महामन्त्री हुँ’, उनले भने ।

उनले १४ औँ महाधिवेशनका क्रममा आफूलाई जिताउन मद्धत गर्ने र शुभेच्छा प्रकट गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेका छन् । महामन्त्री थापाले अधिवेशनका क्रममा पार्टीको सदस्यता नलिएका तर महामन्त्रीको उम्मेदवार हुँदा शुभेच्छा दिनेहरु प्रतिसमेत उनले धन्यवाद व्यक्त गरेका छन् । निर्वाचनका क्रममा महामन्त्रीको नतिजा के होला, जिम्मेवार प्राप्त होला कि नहोला भनेर शुभेच्छा प्रकट गर्ने साथीहरुप्रति समेत उनले आभार व्यक्त गरेका छन् ।

उनले नेपाली कांग्रेसलाई सदस्यहरुबीच मात्रै सीमित राख्न नहुने बताए । यस्तै राजनीतिक दल, नेतृत्व र नेताप्रति सर्वसाधारणको भरोसा राख्न सकिने किसिमले काम गर्नुपर्ने र त्यसो गर्न सकिने विश्वास उनले व्यक्त गरेका छन् ।

नेता थापाले महामन्त्री पदको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने बताएका छन् । उनले महाधिवेशनको निर्वाचनमा साथ दिने साथीहरुलाई यो मान्छेलाई एक दिन पनि गलत व्यक्तिलाई छानेछु भन्ने अवस्था आउन नदिनेप्रति थप प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेता थापाले तीन कुरा अघि सारेर महामन्त्रीका लागि उभिएको बताएका छन् । जसमध्ये पार्टीलाई कुनै अलमलमा नपारेर बाटो दिने काम महामन्त्रीको भएको उनले बताए । त्यसका लागि लिखित प्रस्ताव ल्याएको र सोही अनुसार पार्टीलाई अघि बढाउने उनले बताएका छन् ।

यस्तै महामन्त्रीमा निर्वाचित भएका अर्का महामन्त्री विश्वप्रकाश शर्मा, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ लगायतका पदाधिकारी मिलेर सभापतिलाई तागत पुर्याउने, बल पुर्याउने, घच्घच्याउने र सही ठाउँमा उभ्याउने काम गर्नुपर्नेसमेत बताएका छन् ।

यस्तै पार्टीलाई व्यवस्थापन गर्ने अर्को मुख्य काम रहेको उनले बताएका छन् । निर्वाचनका क्रममा स्थानीय तहदेखि केन्द्रसम्म एकअर्का आफ्नै साथीलाई घाउ लागेको उनको भनाइ छ । उनले आफू लगायतका पदाधिकारीको जिम्मेवारी साथीहरुको त्यो घाउ र दूरीलाई कम गर्ने रहेको समेत बताएका छन् ।

अधिवेशनको अन्तिम परिणाम आइसकेपछि पार्टीलाई एकीकृत बनाउने सुदृढ बनाउने र पार्टीमा नआएका साथीलाई ल्याउने लगायतका काम गर्नुपर्ने बताएका छन् । ‘चार वर्षका लागि जुन मत पाएको छु, मैले अझै इमान्दारीपूर्वक र परिपक्वतापूर्वक निर्वाह गर्छु’ उनले भनेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ