arrow

के हुँदैछ माओवादीको महाधिवेशनमा ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १८ आइतबार
maobadi-kendra-8th-2tyyyy.jpg

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको आठौं दिनको बन्दसत्र चलिरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हलभित्र प्रवेश गरेपछि ४ः२५ बजेबाट बन्दसत्र शुरु भएको हो । शनिबार बसेको बन्दसत्र आइतबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो । 

बन्द सत्रका लागि प्रतिनिधिहरू महाधिवेशन हलमा प्रवेश गरिसकेका छन् । स्थायी कमिटीको बैठक सकिएपछि बन्द सत्र शुरु भएको हो ।

आजको बन्दसत्रमा प्रचण्डले १५ पदाधिकारीसहित दुई सय ९९ केन्द्रीय कार्यसमितिको सूची प्रस्तुत गर्ने बुझिएको छ । त्यो सम्भव नभए मतदान प्रक्रियामा जाने पनि बताइएको छ । 

गत हप्ता आइतबारदेखि माओवादीको महाधिवेशन जारी छ । 



नयाँ