arrow

गगन थापाले एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष गौतमसहित पाँच सय कार्यकर्तालाई भित्र्याए कांग्रेसमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १९ सोमबार
gagan-thapa-congress-arghakhanchi.jpg

सन्धिखर्क । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्षलाई पार्टि प्रवेश गराएका छन् । थापा आफै अर्घाखाँची पुगेर पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमलाई कांग्रेसमा प्रवेश गराएका हुन् ।

दुर्गाफाँटमा भएको कार्यक्रममा गौतमसहित करिब पाँच सय जनालाई कांग्रेस प्रवेश गराइएको कांग्रेस पाणिनी गाउँपालिकाले जनाएको छ । पार्टी प्रवेश तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्न महामन्त्री थापासँगै केन्द्रीय सदस्यहरु पुष्पा भुषाल र सञ्जय गौतमलगायत सहभागी भएका थिए ।

कार्यक्रममा हजारौंको संख्यामा नेताहरुको भाषण सुन्न स्थानीय पुगेका थिए । कांग्रेसको १४ औं महाधिवेशन सकिएपछि विभिन्न पार्टी त्यागेर कांग्रेस प्रवेश गर्नेको लहर बढेको छ । 



लोकप्रिय समाचार
नयाँ