arrow

यी हुन् माओवादीको भागका राष्ट्रिय सभाका पाँच उम्मेदवार 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २० मंगलबार
CPN-maoist.jpg.jpeg

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आफ्नो भागमा परेका पाँच उम्मेदवार टुंगो लगाएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको भागमा परेको पाँच सिटमा उम्मेदवार टुंगो लगाएका हुन् ।

हिजो सत्ता गठबन्धनबीच नेपाली कांग्रेसले ६, माओवादी र नेकपा एकीकृत समाजवादीले समान ५–५, जनता समाजवादी पार्टी जसपाले २ सिट र राष्ट्रिय जनमोर्चाले एक सिट पाउने सहमति भएको थियो । 

माओवादी केन्द्रले प्रदेश २ महिलामा उर्मिला अर्याल, गण्डकी अन्यमा सुरेश आले मगर, दलिततर्फ गोरखाका भरत सुनार, अपांगता कोटामा सुर्खेतका नरबहादुर विष्ट र सुदूरपश्चिम प्रदेश दलित कोटामा जगत पार्कीलाई उम्मेदवार चयन गरेको हो ।

माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रिय सभा सदस्यका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

यही माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । 

आगामी फागुन २० गतेबाट निर्वाचित १९ जना र राष्ट्रपतिबाट मनोनित १ गरी २० जनाको कार्यकाल सकिँदैछ । 



नयाँ