arrow

उत्कर्षमा कोरोना संक्रमण, एकैदिन साढे २५ लाख संक्रमित थपिए 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २२ बिहिबार
corona-worldwide.jpg

काठमाडौं । विश्वभर कोरोना भाइरसको महामारी फेरि उत्कर्षमा पुगेको छ । बुधबार एकै दिन विश्वभर २५ लाख ३४ हजार संक्रमित थपिएका छन् । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिन थालेपछि यसको असर विश्वभरमै देखिएको हो । 

सबैभन्दा बढी संक्रमित अमेरिकामा देखिएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ७ लाख ४ हजार संक्रमित थपिएका छन् । त्यस्तै १८ सयले ज्यान गुमाएका छन् । दोस्रो बढी फ्रान्समा ३ लाख ३२ हजार बढी संक्रमित थपिएका छन् । २४६ जनाको ज्यान गएको छ । 

इटालीमा १ लाख ८९ हजार बढी संक्रमित थपिँदा १८३ को ज्यान गएको छ । बेलायतमा १ लाख ९४ हजार संक्रमित थपिँदा ३४३ जनाले ज्यान गुमाएका छन् । स्पेनमा १ लाख ३७ हजार बढी संक्रमित थपिँदा १४८ जनाको ज्यान गएको छ । 

अर्जेन्टिनामा ९५ हजार बढी संक्रमित थपिँदा ५२ जनाले ज्यान गुमाएका छन् । भारतमा ८७ हजार २२२ जना संक्रमित थपिँदा ६० जनाको ज्यान गएको छ । रुसमा१५ हजार ७७२ जनामात्र संक्रमित थपिए पनि मृत्यु भने ८२८ जनाको भएकोछ । टर्कीमा ६६ हजार बढी संक्रमित थपिँदा १४३ जनाको ज्यान गएको छ । 

जर्मनीमा ६३ हजार बढी संक्रमित थपिँदा ४३१ जनाको मृत्यु भएको छ । विश्वभर बुधबार ७ हजार १९८ जनाको ज्यान गइसकेको छ । पोल्याण्डमा १७ हजार १९६ जनासंक्रमित थपिँदा ६३२ जनाको ज्यान गएको छ । 

भियतनाममा १७ हजार बढी संक्रमित थपिँदा २३० को ज्यान गएको छ । युक्रेनमा २७३, दक्षिण अफ्रिकामा ११० जनाको ज्यान गएको छ । 

सन् २०१९ को डिसेम्बर अन्तिमदेखि चीनको वुहानबाट फैलिएको कोरोनाबाट चीनमा भनेअहिलेसम्म १ लाख २ हजार ९३२ जनामात्र संक्रमित भएका छन् । बुधबार त्यहाँ ९१ संक्रमित थपिएका छन् ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ