arrow

कोरोनाको तेस्रो लहर : बेलायतमा गत वर्षको फेब्रुअरी यताकै उच्च संक्रमित अस्पताल भर्ना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २२ बिहिबार
corona-england-212.jpg

काठमाडौं । बेलायतमा कोरोना भाइरसबाट संक्रमित भएर अस्पताल भर्ना हुनेको सङ्ख्या गत वर्षको फेब्रुअरी यताकै उच्च पुगेको छ । अत्यधिक संक्रामक नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विश्वभर फैलिरहेका बेला स्वास्थ्य क्षेत्रमाथि फेरि सङ्कट थपिन लागेको हो ।

ओमिक्रोन भेरियन्ट कम घातक छ भन्ने तथ्यलाई समेत बेलायतमा अस्पताल भर्ना हुनेहरूको तथ्याङ्कले चुनौती दिएको छ । संक्रमण बढ्न थालेसँगै विश्वभरका देशहरूले कडाइका साथ नियमन गर्न सुरु गरिसकेका छन् ।

भारतमा चुनावी र्‍यालीहरू रद्द गरिनुका साथै गुजरातमा हुने भनिएको भाइब्रेट समिट समेत स्थगित भइसकेको छ । चीन शून्य कोभिड नीतिका साथ अघि बढी रहेको छ ।

हङकङले अमेरिका, बेलायतलगायतका ८ देशहरूबाट यात्रामा प्रतिबन्ध लगाइसकेको छ । नेपालमा पनि पछिल्ला केही दिनयता कोभिड-१९को संक्रमण बढ्दै गएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ