arrow

कोरोनाको १२ औं डोज लगाउने क्रममा पक्राउ परे बिहारी वृद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २२ बिहिबार
corona-vaccine-janssen_1617891444.jpg

काठमाडौं । भारतको बिहारका एक वृद्ध पक्राउ परेका छन् । उनी १२ औं पटक कोरोना भाइरस विरुद्धको खोप लगाउँदा पक्राउ परेका हुन् । बिहारको मध्यपुरा जिल्लाका ब्राह्मदेव मण्डलले स्वास्थ्यकर्मीलाई छक्काएर त्यति धेरै खोप लगाएका हुन् । एउटा स्थानीय स्वास्थ्य केन्द्रमा १२औं डोज लगाउन जाँदा उनी पक्राउ परेका थिए । 

विभिन्न परिचय पत्र र छिमेकीहरुको मोबाइल नम्बर प्रयोग गरेर उनले खोप लगाएका थिए । खोपले आफूलाई कुनै ‘साइड इफेक्ट’ नगरेको मण्डलले बताएका छन् । हरेक महिना कम्तिमा एक डोज खोप लगाएका उनले सेप्टेम्बरमा भने तीन डोज लगाएका थिए । 

खोप लगाउन उनले आधार कार्ड, मतदाता परिचय पत्रलगायतका कागजात प्रयोग गरेका थिए । उनले आधार कार्ड र मोवाईल नम्बर देखाएर आठ पटक खोप लगाएका थिए भने तीन पटक पत्निको मोवाइल नम्बर लेखाएका थिए । हुलाक कार्यलयका पूर्वकर्मचारीसमेत रहेका उनीबारे स्वास्थ्य अधिकारीहरुले छानविन सुरु गरेका छन् ।

 भारतमा एउटै व्यक्तिले अत्यधिक धेरै कोभिड खोप लगाएको यो पहिलो पटक हो । यसअघि पनि केही व्यक्तिले लुकीछिपी चार पाँच पटक खोप लगाएको दाबी गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ