arrow

भारतमा नौ महिनापछि पहिलो पटक एक लाख बढी कोरोना संक्रमित, एक हप्तामा बढे पाँच गुणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २३ शुक्रबार
covid-19-protocol.jpg
तस्बिर–सुदर्शन पटनाइकको बालुवामा कला, पुरी बिच ।

काठमाडौं । भारतमा कोरोना भाइरसको महामारी फेरि उत्कर्षमा पुगेको छ । नौ महिनापछि पहिलो पटक बिहीबार एक लाख भन्दा बढी संक्रमित थपिएका छन् । एक हप्तामा मात्रै पाँच गुणा संक्रमित थपिएका छन् । 

बिहीबार एक लाख १४ हजार ४८४ संक्रमित थपिएका हुन् । तेस्रो लहरले भारतलाई छोएको अवस्थामा ३५ जनाको ज्यान गएको छ । विश्वभर नै कोरोनाको महामारी उर्लदो अवस्थामा छ । 

बिहीबार २४ लाख ९० हजार भन्दा बढी संक्रमित थपिएका छन् । एकैदिन ६ हजार ८३१ जनाको ज्यान गएको छ । 

भारतमा गत डिसेम्बर १ मा ९ हजार ७६५ संक्रमित थपिएका थिए । यो गति बढ्दै जाँदा बिहीबार ६ तारिखसम्म आउँदा उत्कर्षमा पुगेको हो । जुन ९ महिनापछिकै सर्वाधिक हो । 

दिल्लीमा३ दिनमा ३ गुणा संक्रमित बढेर दैनिक १५ हजारमा पुगेका छन् । दिल्लीमा पोजेटिभ रेट १५ प्रतिशत रहेको छ । 

मुम्बईमा एकैदिन २० हजार १८१ संक्रमित थपिएका छन् । ८५ प्रतिशत संक्रमितमा कुनै लक्ष्यण नै देखिएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ