arrow

विश्वभर २५ लाख कोरोना संक्रमित थपिए, कहाँ कति ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २३ शुक्रबार
corona-world.jpg

काठमाडौं । विश्वभर बिहीबार २५ लाख कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । त्यस्तै ६ हजार ८ सय भन्दा बढीको ज्यान गएको छ । सबैभन्दा बढी अमेरिकामा ७ लाख ५१ हजार ५१२ संक्रमित थपिएका छन् । २ हजार १९८ जनाको ज्यान गएको छ । 

फ्रान्समा २ लाख ६१ हजार ४८१ जना संक्रमित थपिँदा २०४ जनाको ज्यान गएको छ । इटालीमा २ लाख १९ हजार ४४१ जनालाई संक्रमण हुँदा १९८ जनाको ज्यान गएको छ । बेलायतमा १ लाख ७९ हजार ७५६ जना संक्रमित थपिँदा २३१ जनाको ज्यान गएको छ । 

भारतमा १ लाख १४ हजार ४८४ जना संक्रमित थपिँदा ३५ जनाको ज्यान गएको छ । अर्जेन्टिनामा १ लाख ९ हजार ६०८ जना संक्रमित थपिँदा ४० जनाले ज्यान गुमाएका छन् । 

टर्कीमा ६८ हजार ४१३ जना संक्रमित थपिँदा १५६ जनाको मृत्यु भएको छ । जर्मनीमा ५६ हजार ७८७ जना संक्रमित थपिँदा ३०५ जनाको ज्यान गएको छ । 

त्यस्तै रुसमा १५ हजार ३१६ जना संक्रमित थपिएकामा मृतक भने बढी नै छन् । जहाँ ८०२ जनाको ज्यान गएको छ । पोल्याण्डमा १६ हजार ५७६ संक्रमित थपिएकामा ६४६ जनाको ज्यान गएको छ । 

क्यानडामा ३९ हजार ७५२ जना संक्रमित थपिँदा ५७ जनाको ज्यान गएको छ । भियतनाममा १६ हजार ४७२ संक्रमित थपिँदा १६९ जनाको ज्यान गएको छ । 

ग्रीसमा ३३ हजार ७११ संक्रमित थपिँदा ७० जनाको ज्यान गएको छ । हंगेरीमा ६ हजार ४५४ जना संक्रमित थपिँदा ८० जनाको ज्यान गएको छ । 

मेक्सिकोमा २० हजार ६२६ संक्रमित थपिएकामा ९४ जनाको ज्यान जाँदा युक्रेनमा ६ हजार ६३२ संक्रमित थपिँदा १८७ जनाले ज्यान गुमाएका छन् । 

भियतनाममा १६९, फिलिपिन्समा ८१, बुल्गेरियामा ७२, दक्षिण कोरियामा ४९ जनाको ज्यान गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ