arrow

भारतीय भूमिको चीनले नाम परिवर्तन गरेपछि भारतको कडा प्रतिक्रिया

logo
एजेन्सी,
प्रकाशित २०७८ पुष २३ शुक्रबार
india-arunachal-pradesh.jpg

भारत। भारतका कानुन मन्त्री किरण रिजिजूले चीनद्वारा अरुणाचल प्रदेशका १५ स्थानको नाम परिवर्तन गरेको मुद्दामा कडा प्रतिक्रिया दिएका छन्। रिजिजूले भने, 'कुनै विदेशीले हाम्रो राज्य र राज्यका ठाउँहरूको नाम परिवर्तन गरोस्, यो हामी मान्न सक्दैनौ।'

भारत सरकारका केन्द्रीय कानुन मन्त्री रिजिजू बिहीबार अरुणाचल प्रदेशको राजधानी क्षेत्र नाहरलागुनमा राज्यको तागिन जनजातिको सी दोन्यी पर्वमा बोल्दै चीनको त्यस कार्यको कडा शब्दमा निन्दा गरे । उनले अरुणाचल प्रदेश भारतको एउटा अभिन्न अङ्ग रहेको र यस प्रकारको कार्यले त्यस क्षेत्रको स्थितिमा कुनै फरक नपर्ने बताए। भारतले प्रदेशलाई अरुणाचल नाम दिएको हो र यो नाम नै कायम रहनेछ। विदेशीहरूले यस क्षेत्रको नाम राख्दा हाम्रो स्थिति बद्लिने छैन।'

गत हप्ता चीनले नामाङ्कन गर्ने क्रममा उतराञ्चलका विभिन्न १५ ठाउँको नाम परिवर्तन गरी नयाँ नाम दिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ