arrow

भारतमा एकैदिन एक लाख ४१ हजार बढीलाई कोरोना, ओमिक्रोन संक्रमित तीन हजार नाघे

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २४ शनिबार
corona-india-150crore-vaccine.jpg
तस्बिर–सुदर्शन पटनाइकले पुरी बिचमा बालुवामा बनाएको यो कला ।

काठमाडौं । भारतमा एकै दिन १ लाख ४१ हजार ३७४ कोरोना भाइरसका संक्रमित थपिएका छन् । भारतमा नौ महिनापछि एक लाख भन्दा बढी कोरोना संक्रमित थपिएका हुन् । 

गत अप्रिल ४ तारिखमा १ लाख ३ हजार ७९४ जना संक्रमित थपिएका थिए । त्यसपछि पछिल्लो तीन दिन एक लाख भन्दा बढी संक्रमित थपिएका हुन् । बिहीबार १ लाख १७ हजार ९४ संक्रमित थपिँदा शुक्रबार भने त्यो संख्या झनै बढेर १ लाख ४१ हजार बढीमा पुगेको छ । 

महाराष्ट्रमा संक्रमण बढेको छ । ४० हजार ९२५ संक्रमित थपिएका छन् । २० जनाको ज्यान गएको छ । १४ हजार २५६ जनालाई निको भएको छ । त्यहाँ सक्रिय संक्रमित १ लाख ४१ हजार ४९२ पुगेका छन् । त्यहाँ ओमिक्रोन संक्रमित ८७६ पुगेका छन् । 

त्यस्तै दिल्लीमा १७ हजार ३३५ संक्रमित थपिँदा ९ को ज्यान गएको छ । सक्रिय संक्रमित बढेर ३९ हजार ८७३ पुगेका छन् । त्यहाँ पोजेटिभ दर बढेर १७.७३ प्रतिशत पुगेको छ । 

मुम्बईमा पनि लगातार दोस्रो दिन २० हजार भन्दा बढी संक्रमित थपिएका छन् । 

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमित पनि भारतमा ३ हजार बढी पुगेका छन् । अहिलेसम्म ३ हजार १० जना संक्रमित भइसकेका छन् । जसमा १ हजार ८१४ जना सक्रिय संक्रमित छन् भने १ हजार १९६ जनालाई निको भएको छ । 

शुक्रबार ३२७ जना ओमिक्रोन संक्रमित थपिएका छन् । जसमा महाराष्ट्रमा ७९, कर्नाटकमा १०७, राजस्थानमा ५५ तथा केरलमा ५० जना थपिएका हुन् । 

भारतले कोरोनाविरुद्धको खोप पनि तीव्र गतिमा बढिरहेको छ । भारतले १ अर्ब ५० करोड बढी खोप लगाइसकेको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ