arrow

भारतमा एकैदिन डेढ लाख बढी संक्रमित, ३२४ को मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २५ आइतबार
covid-test-india.JPG

काठमाडौं । भारतमा कोरोना भाइरसको महामारी ह्वात्तै बढेको छ । शनिबार मात्रै एक लाख ५० हजार भन्दा बढी संक्रमित भएका छन् । शनिबार एक लाख ५८ हजार ४६२ जना संक्रमित भएका हुन् । 

आठ दिनको अवधिमा तेस्रो लहरको आँकडा बढेको हो । जनवरी १ मा २७ हजार ५५३ जना संक्रमित रहेकामा त्यसको सात दिनपछि कयौं गुणा बढेको हो । ४० हजार बढीलाई निको हुँदा शनिबार मात्रै ३२४ जनाको मृत्यु भएको छ । 

महाराष्ट्रमा मात्रै ४१ हजार ४३४, दिल्लीमा २० हजार १८१ तथा बंगालमा १८ हजार ८०२ संक्रमित थपिएका छन् । 

यसअघि शुक्रबार १ लाख ४१ हजार ९८६ संक्रमित हुँदा बिहीबार १ लाख १७ हजार १०० संक्रमित भएका थिए । 

यसैबीच महाराष्ट्रमा सोमबारदेखि कडा नियम लगाइने भएको छ । सोमबार राति ११ बजेदेखि बिहान ५ बजेसम्म नाइट कफ्र्यू लगाइने छ । पाँच जना भन्दा बढी एकै ठाउँमा भेला हुन पनि रोक लगाइएको छ । 

विज्ञहरुका अनुसार अबको तीन सातामा तेस्रो लहरको सबैभन्दा उत्कर्ष आउने छ । जबकि दोस्रो लहर १३६ दिनसम्म चलेको थियो । सन् २०२१ को फेब्रुअरी ११ देखि ८ मेसम्म दोस्रो लहरको पिक आएको थियो । पिक भएको दिनमा एकै दिन चार लाखसंक्रमित भएका थिए । 

यसपालिको तेस्रो लहर २७ डिसेम्बरदेखि शुरु भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ