arrow

विश्वास र भरोसालाई धोका दिने छैन : सभामुख

संसद्को गतिरोध छिट्टै अन्त्य हुने विश्वास

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २५ आइतबार
agni-sapkota2.jpg

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा संसद्को गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । बलेफी गाउँपालिका–२ स्थित मिलीजुली मातृ शिशु बचत तथा ऋण सहकारीद्वारा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुर्नस्थापlत सदनबाट नै राजनीतिक समस्याको सामाधन निस्कने छ भने ।     


सभामुख सापकोटाले भने, “तपाईँहरूको मतले आज म सभामुखको जिम्मेवारीमा छु । राज्यका तीन अङ्गमध्ये एक अङ्गको प्रमुख बनाउनुभएको छ, तपाईँको यो विश्वास र भरोसालाई धोका दिने छैन।”


कार्यक्रममा नेकपा ९माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटा, प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो । कार्यक्रमका सहभागीले वक्ताले महिलाद्वारा  सञ्चालित सो सहकारी जिल्लामै उदाहरणीय रहेको जनाउँदै अझ प्रगतिको कामना गरेका थिए ।


 सो कार्यक्रममा सहकारीका अध्यक्ष देवकी न्यौपानेले वार्षिक प्रतिवेदन पेश गरेकी थिइन् । सभामुख सापकोटाले बलेफी –३ फुल्पिङ्कोटमा फुल्पिङ्कोट स्वास्थ्य चौकी भवनको शिलान्यास गरेका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ