arrow

भारतमा लगातार चौथो दिन लाख बढी संक्रमित थपिए, आइतबार दुई लाख नजिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २६ सोमबार
corona-india-3rddose.JPG
तस्बिर–६० वर्षमाथिको उमेर समूहलाई तेस्रो डोज ।

काठमाडौं । भारतमा कोरोना भाइरसको महामारी ह्वात्तै बढेको छ । लगातार चौथो दिन एक लाख भन्दा बढी संक्रमित थपिएका छन् । आइतबार त दुई लाख नजिक नै पुगिसकेका छन् । 

विगत नौ दिनदेखि भारतमा तेस्रो लहरको आँकडा बढेको हो । जनवरी १ मा २७ हजार ५५३ जना संक्रमित रहेकामा त्यसको आठ दिनपछि कयौं गुणा बढेको हो । आइतबार एक लाख ८० हजार भन्दा बढी संक्रमित थपिएका छन् । ४६ हजार ४४१ जना संक्रमणमुक्त हुँदा १४५ जनाको मृत्यु भएको छ । 

महाराष्ट्रमा मात्रै ४४ हजार ३८८, दिल्लीमा २२ हजार ७५१ तथा पश्चिम बंगालमा २४ हजार २८७ संक्रमित थपिएका छन् । 

महाराष्ट्रमा सक्रिय संक्रमित बढेर २ लाख २ हजार भन्दा बढी भएका छन् । दिल्लीमा सक्रिय संक्रमित ६० हजार ७३३ पुगेका छन् । 

कोलकातामा पोजिटिभिटी दर बढेर ४२ प्रतिशत पुगेको छ । यसैबीच दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले दिल्लीमा लकडाउन गर्ने कुनै सोच नभएको बताएका छन् । 

विज्ञहरुका अनुसार अबको तीन सातामा तेस्रो लहरको सबैभन्दा उत्कर्ष आउने छ । जबकि दोस्रो लहर १३६ दिनसम्म चलेको थियो । सन् २०२१ को फेब्रुअरी ११ देखि ८ मेसम्म दोस्रो लहरको पिक आएको थियो । पिक भएको दिनमा एकै दिन चार लाखसंक्रमित भएका थिए । 

यसपालिको तेस्रो लहर २७ डिसेम्बरदेखि शुरु भएको हो । 

भारतमा आइतबारदेखि ६० वर्षदेखि माथिको उमेर समूह तथा फ्रन्टलाइनरलाई तेस्रो डोज खोप लगाउन थालिएको छ ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ