arrow

डेल्टा र ओमिक्रोन मिली बनेको 'डेल्टाक्रोन' भेरियन्ट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २६ सोमबार
Deltacron.png

काठमाडौं । सुरुवाती चरणमा कोभिड१९ गराइरहेको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनलाई सामान्यरुपमा लिइएको भए पनि अहिले विश्व फेरि सङ्क्रमणको उछालतर्फ धकेलिएको छ ।

निकै नै बढी सङ्क्रामक देखिएको ओमिक्रोन भेरियन्टले नेपाल, भारत, बेलायत, अमेरिकालगायत विश्वभर नै सङ्क्रमण बढेको छ ।

यसबीच साइप्रसका एक वैज्ञानिकले कोरोना भाइरसको डेल्टा र ओमिक्रोन भेरियन्टको सम्मिश्रण भएको नयाँ भेरियन्ट देखिएको बताएका छन् । 

साइप्रस विश्वविद्यालयमा जैविक विज्ञानका प्राध्यापक र बायोटेक्नोलोजी र आणविक भाइरोलोग प्रयोगशालाका प्रमुख लियोनडियोस कोस्ट्रिकिसले त्यहाँका २५ जना सङ्क्रमितका डेल्टाक्रोन भेरियन्ट देखिएको बताएका हुन् ।

ओमिक्रोन र डेल्टा भेरियन्टको सङ्क्रमणबाट नयाँ भेरियन्ट देखिएको र त्यसलाई डेल्टाक्रोन नाम दिएको उनले बताएका छन् ।

यो भेरियन्टको जानकारी जनवरी ७ मा भाइरसमा हुने परिवर्तनहरू ट्र्याक गर्ने अन्तर्राष्ट्रिय डाटाबेस GISAID मा पठाइएको उनले बताएका छन् ।

यो भेरियन्टको सङ्क्रामकता र बिरामी पार्ने क्षमताबारे जानकारी भविष्यमा थाहा हुने उनले बताएका छन् । यद्यपि, कतिपय विज्ञहरूले प्रयोगशालामा भएको मिसावटका कारण यस्तो देखिएका हुनसक्ने बताएका छन् ।

तर, प्राध्यापक कोस्ट्रिकिसले भने मिसावट नभएर नयाँ भेरियन्ट नै देखिएको दाबी गरेका छन् । कम मात्रामा देखिए पनि धेरै जसो भाइरसहरूमा दुई वटा भेरियन्ट मिलेर तेस्रो नयाँ भेरियन्ट बन्न सक्छ ।

केही अघि मात्रै फ्रान्समा समेत काेराेना भाइरसकाे अर्काे नयाँ 'आईएचयु' भेरियन्ट फेला परेकाे छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ