arrow

फेब्रुअरीमा संक्रमण उच्च हुने, दैनिक ८ लाख सङ्क्रमित थपिने चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २६ सोमबार
Manindra-Agrawal.jpg

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण विश्वभर बढ्दै गइरहेका बेला भारतमा फेब्रुअरीमा सङ्क्रमण सबैभन्दा उच्च बिन्दुमा पुग्ने चेतावनी विज्ञहरूले दिएका छन् । हिजो आइतबार मात्रै भारतमा १ लाख ७९ हजार नयाँ सङ्क्रमित थपिएका थिए।

भारतीय प्रविधि संस्थान (आईआईटी) कानपुरका उपनिर्देशक एवं कम्प्युटर विज्ञान र इन्जिनियरिङ विभागका प्राध्यापक मनिन्द्र अग्रवालले फेब्रुअरीमा दैनिक ४ देखि ८ लाख नयाँ सङ्क्रमित थपिन सक्ने चेतावनी दिएका हुन् ।

यस्तै मुम्बई र दिल्लीमा जनवरीको १५ मा सङ्क्रमण उच्च बिन्दुमा पुग्न सक्ने उनको भनाइ छ । मार्च १५ सम्ममा तेस्रो लहर कम हुँदै जाने उनको विश्लेषण छ ।

भारतमा पछिल्लो समय कोरोना सङ्क्रमण तीव्र रूपमा बढिरहेको छ । प्रोफेसर अग्रवालले कोभिड१९को सङ्क्रमणको विश्लेषण गर्ने सूत्र मोडेललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अथवा भारत सरकारले समेत समर्थन गरेको छ । 



नयाँ