arrow

विश्वमा सन् २०२२ कै सबैभन्दा बढी कोरोना संक्रमित थपिए, एकैदिन पुगे २८ लाख नजिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २८ बुधबार
corona-worldwide.jpg

काठमाडौं । विश्वभर एक पटक फेरि कोरोना संक्रमणको दर उच्च भएको छ । तेस्रो लहरको संक्रमणमा मंगलबारमात्रै २८ लाख नजिक संक्रमित थपिएका छन् । यो सन् २०२२ कै सबैभन्दा बढी हो । २७ लाख ८० हजार भन्दा बढी संक्रमित पाइएको वल्डोमिटर्स इन्फोले जनाएको छ । त्यसैगरी ७ हजार ८४७ जनाको ज्यान गएको छ । 

अहिलेसम्म विश्वमा ३१ करोड ४० लाख ९० हजार बढी संक्रमित थपिँदा ५५ लाख २१ हजार बढीको ज्यान गएको छ । हाल सक्रिय संक्रमित ४ करोड ६९ लाख बढी सक्रिय संक्रमित छन् । जसमा ९५ हजार बढी गम्भीर छन् । 

सबैभन्दा बढी अमेरिकामा ६ लाख ७२ हजार ८७२ जना संक्रमित थपिए २ हजार १७३ जनाको ज्यान गएको छ । फ्रान्समा ३ लाख ६८ हजार १४९ संक्रमित थपिँदा ३४१ जनाको ज्यान गएको छ । 

इटालीमा २ लाख २० हजार ५३२ संक्रमित थपिँदा २९४ जनाको ज्यान गएको छ । भारतमा १ लाख ९३ हजार ७ संक्रमित पुगेका छन् । त्यसैगरी ६० हजार १४८ जनालाई निको हुँदा ४४२ जनाको ज्यान गएको छ । 

स्पेनमा १ लाख ३४ हजार ९४२ संक्रमित थपिँदा २४७ जनाले ज्यान गुमाए । त्यस्तै अर्जेन्टिनामा १ लाख ३४ हजार ४३९ संक्रमित थपिँदा ५२ जनाको ज्यान गयो । 

टर्कीमा ७४ हजार २६६ संक्रमित थपिँदा १३७ को ज्यान गयो । जर्मनीमा ६१ हजार २०५ संक्रमित थपिँदा ३८७ को ज्यान गएको छ । 

केही देशमा थोरै संक्रमित थपिँदा मृत्यु रेट धेरै रहेको छ । रुसमा १७ हजार ५२५ संक्रमित थपिँदा ७८३ जनाको ज्यान गयो । 

भियतनाममा १६ हजार ३५ संक्रमित थपिँदा २५६ जनाको ज्यान गएको छ । 

पोल्याण्डमा ११ हजार ४०६ संक्रमित थपिँदा ४९३ जनाको ज्यान गयो । युक्रेनमा ५ हजार ४२९ संक्रमित थपिँदा २१९ को ज्यान गयो । 

फिलिपिन्समा २८ हजार ७ संक्रमित थपिँदा २१९ को ज्यान गयो । दक्षिण अफ्रिकामा ५ हजार ६६८ संक्रमित थपिँदा ११९ को ज्यान गएको छ । 

क्यानडामा २७ हजार ३९१ जना संक्रमित थपिँदा ९२ जनाको ज्यान गएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ