arrow

बोलिभियाका उपराष्ट्रपतिसहित छ मन्त्री संक्रमित

logo
सिन्ह्वा,
प्रकाशित २०७८ पुष २८ बुधबार
corona-covid-dalta-plus.jpg

लापाज । बोलिभियाका उपराष्ट्रपति र छ जना मन्त्री कोरोनाभाइरसबाट संक्रमित भएका छन्। उपराष्ट्रपति डेभिड चोक्वेहुअन्कासहित छ मन्त्री कोरोनाभाइरसबाट संक्रमित भएको अधिकारीहरुले जनाएका छन् । 

राष्ट्रपतिको कार्यालयद्धारा जारी वक्तव्यमा संक्रमित सवैको अवस्था सामान्य रहेको र उनीहरुको उपचार भइरहेको उल्लेख गरिएको छ ।

उनीहरु मध्ये मन्त्रीहरु सवैले कोरोनाभाइरसविरुद्धको दोस्रो मात्रा खोप समेत लगाइसक्नु भएको थियो भने उपराष्ट्रपति डेभिडले पहिलो खोप मात्रै लगाएका थिए । “उहाँहरु सवैको अवस्था स्थिर र सामान्य नै रहेको छ र सवै जना आइसोलेसनमा बस्नु भएको छ,” वक्तव्यमा लेखिएको छ ।  

स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार बोलिभियामा अहिलेसम्म छ लाख ८६ हजार २३ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । त्यसैगरी कोरोनाका कारण १९ हजार ९९९ जनाको मृत्यु भएको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ