arrow

भारतमा एकैदिन थपिए अढाई लाख कोरोना संक्रमित, पहिलो पटक सक्रिय संक्रमित ११ लाख नाघे

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २९ बिहिबार
corona-india-maharastra-2022.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसको तेस्रो लहर तीव्र रुपमा अगाडि बढिरहेको छ । बुधबार अढाई लाखको हाराहारीमा संक्रमित थपिएका छन् । ६ जनवरीदेखि दैनिक एक लाख संक्रमित थपिएकामा बुधबार १२ जनवरीसम्म आइपुग्दा २ लाख ४५ हजार ५२५ संक्रमित थपिएका हुन् । 

तेस्रो लहरमा पहिलो पटक अढाई लाखको हाराहारीमा संक्रमित थपिएका हुन् । बुधबार जम्मा ८४ हजार ४७९ जनालाई निको हुँदा ३७९ जनाको ज्यान गएको छ । सक्रिय संक्रमित एकैदिन एक लाख ६० हजार ६६७ जना बढेका छन् । 

पहिलो पटक सक्रिय संक्रमित बढेर ११ लाख नाघेको छ । हाल ११ लाख ९ हजार बिरामीको उपचार भइरहेको छ । पहिलो र दोस्रो लहरमा पनि सक्रिय संक्रमित ११ लाख नाघेका थिएनन् । 

बुधबार दिल्लीमा २७ हजार ५६१ संक्रमित थपिए । ४० जनाको ज्यान गयो । १४ हजार ९५७ जनालाई निको भएको छ । सक्रिय संक्रमित दिल्लीमा ८७ हजार ४४५ पुगेका छन् । त्यहाँ पोजेटिभिटी दर २६ प्रतिशत रहेको छ । 

महाराष्ट्रमा एकैदिन १२ हजार भन्दा बढीले संक्रमित बढेका छन् । बुधबार ४६ हजार ७२३ संक्रमित भएका छन् । जबकि मंगलबार ३४ हजार ४२४ संक्रमित बढेका थिए । सक्रिय संक्रमित बढेर २ लाख ४ हजार पुगेका छन् । 

मुम्बईमा बुधबार मात्रै १६ हजार ४२० संक्रमित थपिए । 

पश्चिम बंगलामा बुधबार १ हजार ५७ संक्रमित मंगलबारको तुलनामा बढेका छन् । त्यहाँ बुधबार २२ हजार १५५ संक्रमित थपिए । 

भारतमा ११ दिनमा ६ सय प्रतिशत दैनिक संक्रमणको केस बढिरहेको छ । जनवरी १ मा २७ हजार ५५३ संक्रमित थपिएकामा जनवरी १२ मा आउँदा २ लाख ४५ हजार ५२५ संक्रमित थपिएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ