arrow

विश्वमा एकैदिन साढे ३१ लाख कोरोना संक्रमित थपिए, आठ हजार बढीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २९ बिहिबार
corona-world.jpg

काठमाडौं । विश्वभर कोरोना भाइरसको महामारी तीव्र रुपमा बढेको छ । बुधबार एकै दिन ३१ लाख ५० हजार बढी संक्रमित थपिएका छन् । एकैदिन आठ हजार बढीको ज्यान गएको छ । १० लाख ६४ हजारलाई मात्र निको भएको छ । 

सबैभन्दा बढी संक्रमित अमेरिकामा थपिएका छन् । बुधबार एकैदिन ८ लाख १४ हजार ४९४ संक्रमित थपिएको वल्डोमिटरर्सले जनाएको छ । २ हजार १६९ जना संक्रमितको ज्यान जाँदा १ लाख ३२ हजार ८८३ जनालाई मात्र निको भएको छ । सक्रिय संक्रमित २ करोड ६७ लाख २ हजार ७२२ पुगेका छन् । 

भारतमा बुधबार अढाई लाखको हाराहारीमा संक्रमित थपिएका छन् । ६ जनवरीदेखि दैनिक एक लाख संक्रमित थपिएकामा बुधबार १२ जनवरीसम्म आइपुग्दा २ लाख ४५ हजार ५२५ संक्रमित थपिएका हुन् । जम्मा ८४ हजार ४७९ जनालाई निको हुँदा ३७९ जनाको ज्यान गएको छ ।  

फ्रान्समा ३ लाख ६१ हजार ७१९ जना संक्रमित थपिँदा२४६ जनाको ज्यान गएको छ । इटालीमा १ लाख ९६ हजार २२४ संक्रमित थपिँदा ३१३ जनाको ज्यान गएको छ । स्पेनमा १ लाख ७९ हजार १२५ जना संक्रमित थपिँदा १२५ जनाको ज्यान गएको छ । 

बेलायतमा १ लाख २९ हजार ५८७ जना संक्रमित थपिँदा ३९८ जनाको ज्यान गएको छ । अर्जेन्टिनामा १ लाख ३१ हजार ८२ संक्रमित थपिँदा ७५ जनाको ज्यान गएको छ । 

जर्मनीमा ८० हजार ५४२ जना संक्रमित थपिँदा ३३१ जनाको ज्यान गएको छ । टर्कीमा ७७ हजार ७२२ संक्रमित थपिँदा १४५ जनाको ज्यान गएको छ । पोल्याण्डमा १६ हजार १७३ संक्रमित थपिँदा ६८४ जनाको ज्यान गएको छ । रुसमा १९ हजार ९४६ जना संक्रमित हुँदा ७४५ जनाको ज्यान गएको छ । 

मेक्सिकोमा ३३ हजार ६२६ जना संक्रमित हुँदा १६२ जनाको ज्यान गएको छ । युक्रेनमा ७ हजार ११७ संक्रमित थपिँदा १९३ जनाको ज्यान गएको छ । 

दक्षिण अफ्रिकामा ६ हजार ७६० संक्रमित थपिँदा १८१ जनाको ज्यान गएको छ । फिलिपिन्समा ३२ हजार २४६ संक्रमित थपिँदा १४४ जनाको ज्यान गएको छ । 

क्यानडामा ३२ हजार ५७७ जना संक्रमित हुँदा १२४ जनाको ज्यान गएको छ । भियतनाममा १६ हजार १३५ संक्रमित थपिँदा १७७ जनाको ज्यान गएको छ । आइरल्याण्डमा २० हजार ९०९ जना संक्रमित थपिँदा ८३ जनाको ज्यान गएको छ । 

बुल्गेरियामा ५ हजार ७०३ संक्रमित थपिँदा ७७ जनाको ज्यान गएको छ । 

विश्वभर अहिलेसम्म ३१ करोड ७५ लाख ४० हजार बढी संक्रमित भएका छन् । जसमा ५५ लाख ३० हजार बढीको ज्यान गइसकेको छ । संक्रमितमध्ये २६ करोड २८ लाख ३० हजार बढीलाई निको भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ