arrow

प्रधानमन्त्रीको निर्देशनपछि स्वास्थ्यमन्त्री निरीह, वीरमा ल्याइएका लोहनी फिर्ता, भुपेन्द्र यथास्थितिमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २९ बिहिबार
birodh-khatiwada-gunaraj-lohani.jpg
तस्बिर – स्वास्थ्यमन्त्री खतिवडा (बायाँ) र डा. लोहनी (दायाँ)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आफ्नो स्वार्थका लागि वीर अस्पताल (कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल) को प्रमुखमा अस्पताल बाहिरबाट सरुवा गरी ल्याएका डा. गुणराज लोहनीको सरुवा सम्बन्धी निर्णय फिर्ता भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि मन्त्री खतिवडाले मन्त्रीस्तरिय निर्णयबाट गरेको सरुवा प्रक्रिया रोकिएको हो । १२औं तहका विशिष्ट श्रेणीका अधिकृतको सरुवा मन्त्रीले प्रधानमन्त्रीसँग नसोधी गरेको भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेताहरुले समेत प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाको ध्यानाकर्षण गराएका थिए । 

दुई दिनअघि मात्रै स्वास्थ्यमन्त्री खतिवडाले डा. लोहनीलाई वीर अस्पताल पठाउने मन्त्रीस्तरीय निर्णय गरेका थिए । न्याम्स ऐन विपरीत डा. लोहनीलाई वीरमा पठाइएको, १२औं तहको कर्मचारी सरुवा प्रधानमन्त्रीलाई जानकारी नदिइ गरिएको र राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता लागेका बेलामा सरुवा रोक्नुपर्ने अवस्था आएको जनाइएको छ ।

प्रधानमन्त्री देउवाले हाल लोहनीको सरुवा नगर्न र वीरमा डा. भुपेन्द्र बस्नेतलाई नै निरन्तरता दिन निर्देशन दिएका हु्न् । डा.लोहनीलाई निर्देशकको जिम्मेवारी दिइएपछि वीरका कर्मचारीहरुले विरोधसमेत गरेका थिए ।

डा. बस्नेत नियुक्त भएपछि अस्पताल सुधारको मार्गमा गइरहेको अवस्थामा ऐन अनुसार स्थापित स्वायत्त चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा प्रतिष्ठान ऐन, नियम विपरीत स्वास्थ्यमन्त्री खतिवडाले लोहनीलाई ल्याएका थिए । 

वीर अस्पतालको सुधारमा विगतदेखिनै मन्त्रालयमा रहेर नकारात्मक र विवादित छविका लोहनीलाई गत पुस २५ गते निर्णय गर्दै २७ गते वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गरिएको थियो । 

विगतमा स्वास्थ्य बिमा बोर्ड, स्वास्थ्य  सेवा विभाग, कोशी अस्पताल लगायतमा असफल र मेडिकल माफियासँग विषेश सम्बन्ध भएको आरोप लागेका डा। लोहनी पहिलैदेखि वीर अस्पताल विरोधी रबैया देखाउने गरेको भन्दै कर्मचारीहरुले उनको नियुक्तिप्रति विरोध जनाएका हुन् । 

उनले न्याम्सलाई  स्वायत्त हुन नदिने, न्याम्स सेवा आयोग गठनमा अवरोध गर्ने, सर्जिकल भवन संचालनमा बजेट माग गर्दा बजेट नदिएर भुत बगंला बनाएको, दुवाकोट परियोजना अगाडि बढ्न नदिने, वीर अस्पतालका कर्मचारीको तलब भत्ता पटक पटक रोक्ने, समायोजन भएका कर्मचारीसँग आर्थिक कारोबार गरेर रमाना नदिनेजस्तो अस्पताल विरोधी कार्य गर्दै आएको आरोप लगाउँदै अस्पतालका सम्पूर्ण कर्मचारी र संघ संगठनले विरोध गरेका हुन् । 

कर्मचारीवृत्तले वीर अस्पताल बाहिरबाट आउने प्रमुखलाई नमान्ने बताएका थिए । उनीहरुले निर्णय फिर्ता नभए आन्दोलन गर्नेसमेत बताएका थिए । सरकारले गत जेठमा न्याम्स ऐन विपरीत कोभिड १९ युनिफाइड अस्पताल  स्थापना गरेको र न्याम्सबाट ओएनएम सर्वे भएर दरबन्दी सिर्जना हुनु पर्नेमा डा. लोहनीको स्वार्थको लागि वीर अस्पतालमा १२ औं तहकोसहित ८३७ जना गैरकानूनी दरबन्दी सिर्जना गराएको थियो । 

डा. लोहनी १२ औं तहमा बढुवा भएपछि मन्त्रालयले वीर अस्पताल पठाउन खोजेको थियो । तर अस्पताल विरोधी छवि बनाएका र अस्पतालमा आर्थिक सङ्कट छ भन्दै वीर आउन नचाहेका डा. लोहनी अहिले आउनुमा थप आशंका उब्जिएको कर्मचारीहरुको आरोप छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ