arrow

भारतमा एकैदिन दुई लाख ६२ हजार बढी कोरोना संक्रमित, सक्रिय संक्रमणमा रेकर्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३० शुक्रबार
makar-sakranti-india.jpg
तस्बिर–पश्चिम बंगालमा मकर संक्रान्तिको अवसरमा गंगासागरमा डुबुल्की लगाउँदै ।

काठमाडौं । भारतमा एकैदिन दुई लाख ६२ हजार बढी कोरोना भाइरसका संक्रमित भेटिएका छन् । बिहीबार २ लाख ६२ हजार २२ संक्रमित थपिएका हुन् । एक लाख ८ हजार ७०८ संक्रमितलाई निको भएको छ । ३१४ जनाको ज्यान गएको छ । सक्रिय संक्रमित बढेर १२ लाख ६५ हजार पुगेका छन् । यो अहिलेसम्मका सबै लहरमध्येकै भारतमा उच्च हो । 

गत बुधबार जनवरी १२ तारिखमा ७ महिनापछि पहिलो पटक ११ लाख ९ हजार सक्रिय संक्रमित भएका थिए । गत जुन ९ तारिखमा ११ लाख ६७ हजार ९५२ सक्रिय संक्रमित थिए । 

भारतमा अहिलेसम्म ३ करोड ६५ लाखलाई कोरोना भइसकेको छ । ३ करोड ४८ लाखलाई निको भएको छ । अहिलेसम्म ४ लाख ८५ हजार ३४९ जनाको ज्यान गइसकेको छ । 

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिएसँगै संक्रमण ह्वात्तै बढेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ