arrow

भारतमा अहिलेसम्मकै बढी सवा १४ लाख सक्रिय संक्रमित, एकैदिन दुई लाख ६७ हजारलाई कोरोना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १ शनिबार
corona-india-cold.jpg

काठमाडौं । भारतमा शुक्रबार एकैदिन २ लाख ६७ हजार ३४५ कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो संख्या तेस्रो लहर शुरु भएदेखिको सबैभन्दा बढी हो । बिहीबार बिहीबार २ लाख ६४ हजार २०२ संक्रमित थपिएका थिए । 

शुक्रबार ४३० जनाको ज्यान जाँदा १ लाख १३ हजार ४०३ जनालाई निको भएको छ । सक्रिय संक्रमित अहिलेसम्मकै बढी भएका छन् । हाल भारतमा १४ लाख २५ हजार ५८१ जना सक्रिय संक्रमित रहेका छन् । 

यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । पहिलो र दोस्रो लहरमा पनि १४ लाख सक्रिय संक्रमित पुगेका थिएनन् । अहिलेसम्म भारतमा ३ करोड ६८ लाख संक्रमित भइसकेका छन् । 

३ करोड ४९ लाखलाई निको भएको छ भने ४ लाख ८५ हजार ७४८ जनाको ज्यान गइसकेको छ । 

भारतमा १५ दिनमा कूल सक्रिय घटना १४ गुणा भएको छ । संक्रमण दर १ हजार २४६ प्रतिशतले बढेको छ । 

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिएसँगै संक्रमण ह्वात्तै बढेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ