arrow

फिलिपिन्सले भारतबाट एन्टी-शिप मिसाइल प्रणाली ब्रम्होस खरिद गर्ने

logo
एजेन्सी,
प्रकाशित २०७८ माघ १ शनिबार
brahmos-missile-india.jpg

काठमाडौँ। फिलिपिन्स सरकारले ब्रह्मोस एयरोस्पेस प्रालिबाट ​​आफ्नो नौसेनाका लागि एन्टी-शिप मिसाइल प्रणाली भारतबाट खरिद गर्ने स्वीकृति दिएको छ। यो प्रस्ताव लगभग ३७.९ मिलियन अमेरिकी डलर बराबरको हो। यो खरिद प्रस्तावको बारेमा ब्रह्मोसका अधिकारीहरूलाई फिलिपिन्सको राष्ट्रिय रक्षा विभागले जानकारी दिएको छ।

यस हप्ता जनवरी ११ मा भारतीय नौसेना र रक्षा अनुसन्धान र विकास सङ्गठन (डीआरडीओ) ले ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण गरेको थियो। मिसाइल भारत र रुसको संयुक्त उत्पादन हो। डीआरडीओ भारतीय कम्पनी हो।

हालसालै भर्ती गरिएको भारतीय नौसेनाको नवीनतम युद्धपोत आईएनएस विशाखापट्टनमबाट मिसाइल परीक्षण गरिएको थियो। ब्रह्मोस भारतीय नौसेना युद्ध पोतहरूको मुख्य हतियार प्रणाली हो र यसको लगभग सबै सतह प्लेटफार्महरूमा तैनाथ गरिएको छ।

यसको अन्डरवाटर संस्करण पनि विकास भइरहेको छ जसलाई भारतको पनडुब्बीले मात्र प्रयोग गर्ने मात्र नभई , मित्र राष्ट्रहरूमा निर्यातको लागि पनि प्रस्ताव गरिनेछ।

दक्षिण चीन सागरदेखि लद्दाखसम्म आँखा देखाउने चीनलाई भारतले विकसित गरेको युद्ध सामग्रीहरूले झट्का दिएको छ। चीनको प्रकोपसँग लडिरहेको दक्षिण पूर्व एसियाली देश फिलिपिन्सले भारतसँग विश्वको सबैभन्दा तीव्र गतिको सुपरसोनिक एन्टी-शिप क्रुज मिसाइल ब्रह्मोस खरिद गर्न स्वीकृत गरेबाट चीनलाई झड्का लागेको हो। ३७.०४ मिलियन डलरको यो खरिद सम्बन्धमा दुई देशबीच छिट्टै सम्झौता हुने बताइएको छ। भारत बाहेक ब्रह्मोस मिसाइल खरिद गर्न खोज्ने फिलिपिन्स पहिलो देश हो।

फिलिपिन्स अमेरिकाको सहयोगी भए पनि चीनविरुद्ध सैन्य तयारीका लागि भारत र रुसले मिलेर बनाएको ब्रह्मोस मिसाइलमा विश्वास व्यक्त गरेको छ। चाँडै नै चीनको अर्को छिमेकी देश भियतनामले पनि भारतसँग ब्रह्मोस मिसाइलका लागि सम्झौता गर्न सक्ने विश्वास भारतीय रणनीतिकारहरूले गरेका छन्। यस क्षेप्यास्त्र सम्झौतालाई लिएर दुवै देशबीच वार्ता भइरहेको छ। क्षेप्यास्त्र खरिदका लागि इन्डोनेसियालगायत धेरै खाडी मुलुकले चासो देखाएको भारतीय रक्षा मामिलाका जानकारहरूले जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ