arrow

खमेनीको ट्विटर अकाउन्ट बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २ आइतबार
twitter.png

काठमाडौं । ट्विटरले इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खमेनीको ट्विटर अकाउन्ट बन्द गरिदिएको छ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध एउटा एनिमेटेड भिडियो पोस्ट गरेपछि ट्विटरले खमेनीको अकाउन्ट बन्द गरिदिएइको थियो । सो भिडियोमा ट्रम्पले दुई वर्षअघि इराकको राजधानी बग्दादमा ड्रोन हमला गर्न निर्देशन दिइएको देखाइएको छ । 

ट्रम्प राष्ट्रपति हुँदा अमेरिकाको एउटा ड्रोन हमलामा इरानका तत्कालिन कमान्डर जनरल क्वासिम सोलिमानीको मृत्यु भएको थियो । खमेनीको आधिकारिक वेबसाईटमा ‘बदला निश्चित छ’ भन्ने भिडियोलाई पनि केही दिन अघि ट्विटरले हटाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ