arrow

औषधि व्यवस्था विभागमा रमिताः महानिर्देशकमा दुईको दाबी, दुवैको हाजिरी 

logo
राजु कट्टेल,
प्रकाशित २०७८ माघ २ आइतबार
narayan-dhakal-bharat-bhattarai-medicine.jpg
तस्बिर– नारायण ढकाल (बायाँ) र भरत भट्टराई (दायाँ) ।

काठमाडौं । कोरोना भाइरसको तेस्रो लहर चलिरहँदा मुलुकभर औषधि व्यवस्थापनको जिम्मेवारी लिएको औषधि व्यवस्था विभाग भने रमिते अवस्थामा छ । 

अहिले विभागमा दुई जना व्यक्तिले आफू प्रमुख भएको दाबी गरेका छन् । दुई जनाको पद एउटै छ । अर्थात् दुवै जनाले आफू विभागको महानिर्देशक भएको दाबी गर्छन् । दुवै जना विभागमा आउँछन् । हाजिरी गर्छन् । जान्छन् । 

अन्य कर्मचारीहरु भने हेरेको हेर्यै छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै यस्तो रमिते सिर्जना गरेको हो । यसको व्यवस्थापन गर्न मन्त्रालयले चासो देखाएको छैन । 

विभागमा अहिले नारायण ढकाल र भरत भट्टराई दुवैले आफू विभागको महानिर्देशक भएको दाबी गर्दै आएका छन् । दुवैै जना दिनहुँजसो विभागमा जाने गर्छन् र हाजिरी गर्छन् । 

ढकाल आफूमाथि अन्याय परेको बताउँछन् । अर्का महानिर्देशक भट्टराई भने मन्त्रालयले आफूलाई विभागको महानिर्देशकमा खटाएको भन्दै वास्तविक महानिर्देशक आफू भएको दाबी गर्छन् ।
 
अब ४ महिना पहिलेतर्फ जाऔं । भदौ १७ गते मन्त्रालयले ढकाललाई विभागको महानिर्देशक पदमा सरुवा गर्यो । 

विभाग मातहतकै राष्ट्रिय प्रयोगशालामा भट्टराइलाई पठायो । भट्टराईभन्दा ढकाल वरिष्ठ मानिन्छन् । २ महिनाअघि भट्टराई ११ औं तहमा बढुवा भए । 

११ औं तहमा बढुवा भए पनि भट्टराईभन्दा ढकाल वरिष्ठ मानिन्छन् । मन्त्रालयले यही  पुस २७ गते भट्टराइलाई विभागको महानिर्देशक र ढकाललाई विभागको मातहतमा रहेको राष्ट्रिय औषधि प्रयोग शालाको प्रमुख पदमा सरुवा गर्यो ।  

यसमा ढकाल पक्षको दुई वटा तर्क छ, पहिलो तर्क हो, ४ महिनामै विभागबाट अन्य कार्यालयमा सरुवा गर्नु अन्याय हो । दोश्रो तर्क हो आफूभन्दा कनिष्ठ कर्मचारीलाई आफूभन्दा माथि राखेर कनिष्टको मातहतमा सरुवा गरियो भन्ने तर्क छ । 

विभागको मातहतमा प्रयोगशाला भएको प्रयोगशाला प्रमुख विभाग मातहतमा रहने ढकाल पक्षको तर्क छ । निजामती सेवा ऐनमा कनिष्ट कर्मचारीको मातहतमा वरिष्ठ राख्न नपाउने ब्यवस्था गरिएको छ । यही तर्क ढकाल पक्षले गरेको छ ।

यता भट्टराई पक्षको तर्क छ, सरकारले जहाँ खटाएको ठाउँमा जानु पर्छ । सरकारले  खटाएको ठाउँमा हाजिरी गर्न नगई ढकालले मन्त्रालयको निर्देशन उल्लंघन भट्टराई पक्षको आरोप छ । 

भट्टराईलाई बस्ने कोठा उपलब्ध गराइएको छैन । अहिले उनी विभागमा गइ हाजिरी गर्न र दिउँसोभर प्रयोगशालामा गइ बस्ने गर्छन् । ढकालले भने महानिर्देशकको कोठा छाडेका छैनन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ