arrow

भारतमा १६ लाख ६५ हजार पुगे कोरोनाका सक्रिय संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ३ सोमबार
corona-india9.jpg
तस्बिर– फाइल

काठमाडौं । भारतमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १६ लाख ६५ हजार पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । आइतबार २ लाख ५७ हजार ६३ संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या बढेर १६ लाख ६४ हजार ७७८ पुगेको हो । 

१ लाख ५१ हजार ४४५ संक्रमितलाई निको भएको छ । ३८३ जनाको ज्यान गएको छ । भारतमा अहिलेसम्म ३ करोड ७३ लाख संक्रमित भइसकेका छन् । जसमा ३ करोड ५२ लाखलाई निको भएको छ भने ४ लाख ८६ हजार ४४९ जनाको ज्यान गइसकेको छ । 

सबैभन्दा बढी प्रभावित महाराष्ट्र, कर्नाटक, तमिलनाडू, दिल्ली र पश्चिम बंगाल राज्य रहेका छन् । महाराष्ट्रमा आइतबार ४१ हजार ३२७ संक्रमित थपिएका छन् । ४० हजार ३८६ जनालाई निको भएको छ भने २९ जनाले ज्यान गुमाएका छन् । 

मुम्बईमा पोजिटिभिटी रेट ३० प्रतिशतबाट घटेर १३.७ प्रतिशतमा पुगेको छ । महाराष्ट्र कोभिड टास्क फोर्सले यो रेट घट्दा पिकमा पुग्न बाँकी हो वा पिकमा पुगेर घटेको हो त्यो जान्नका लागि एक हप्ता कुर्नुपर्ने बताएको छ । 

कर्नाटकमा सक्रिय संक्रमित १ लाख ९७ हजार ९८२ पुगेका छन् । आइतबार ३४ हजार ४७ संक्रमित थपिँदा ५ हजार ९०२ जनालाई मात्र निको भएको छ । १३ जनाको ज्यान गएको छ । यहाा पोजेटिभिटी रेट १९.२९ प्रतिशत रहेको छ । 

तमिलनाडूमा पोजेटिभिटी रेट बढेर १७.०४ प्रतिशत पुगेको छ । शनिबार यो दर १६ प्रतिशत थियो । आइतबार २३ हजार ९७५ संक्रमित थपिएका छन् । ११ हजार ४६९ लाई निको भएको छ । २२ जनाको ज्यान गएको छ । सक्रिय संक्रमितको संख्या १ लाख ४२ हजार ४७६ रहेको छ । 

दिल्लीमा आइतबार १८ हजार २८६ संक्रमित थपिएका छन् । पोजेटिभिटी रेट २७.८७ प्रतिशत रहेको छ । २१ हजार ८४६ जनालाई निको भएको छ । २८जनाको ज्यान गएको छ । सक्रिय संक्रमित ८९ हजार ८१९ रहेका छन् । अहिलेसम्म दिल्लीमा २५ हजार ३६३ जनाको ज्यान गएको छ । 

पश्चिम बंगालमा १४ हजार ९३८ संक्रति थपिँदा ९ हजार ९७३ जनालाई निको भएको छ । ३६ जनाको ज्यान गएको छ । पोजेटिभिटी रेट २७.७३ प्रतिशत रहेको छ । हाल १ लाख ६० हजार ३०५ जना सक्रिय संक्रमित रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ