arrow

वीरगञ्जमा विभिन्न सामाजिक कार्यक्रम 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ३ सोमबार
bagmati-province-corona.jpg

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले माट्रिका आइ फाउन्डेसनको आर्थिक एवं प्राबिधिक सहयोगमा मोतियाबिन्दुकोे निःशुल्क उपचार सेवा  सुरु गरेको छ । चालु आर्थिक वर्ष ०७८÷०७९ मा करिब दुई हजार  ५०० बिरामीको शल्यक्रिया गर्ने नगरले जनाएको छ ।

३२ वटै वडाका मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिने महानगरपालिकाले जनाएको छ । महानगरपालिको यसअघि पनि मेयर कल्याणकारी कोषबाट झण्डै एक हजारको निःशुल्क आँखाको उपचार गराइसकेको बताइएको छ । 

छोरी बचाऊ, छोरी पढाऊ
प्रदेश २ सरकारको छोरी बचाऊ, छोरी पढाऊ कार्यक्रमअन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ नमूना माध्यमिक विद्यालयका छात्रालाई साइकल वितरण गरिएको छ । नमूना माध्यमिक विद्यालयमा अध्यनरत कक्षा ८ भन्दा माथिका ४२ छात्रालाई  साइकल वितरण गरिएको हो ।

यसबाट विद्यार्थीलाई विद्यालय आउने थप सहजता हुने विद्यालयले जनाएको छ । छोरीलाई विद्यालय पठाउन प्रोत्साहनस्वरुप सकारात्मक सन्देश प्रभाव गर्न प्रदेश सरकारले यस प्रदेशका सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण कार्यलाई निरन्तरता दिँदै आएको छ । 

 पर्सामा कोरोनाविरुद्ध बुस्टर डोज
कोरोनाविरुद्ध बुस्टर डोज पर्सा जिल्लामा आज लगाउने भएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा बुस्टर डोजको लागि कोभिशिल्ड ३७ हजार र भेरोसिल २३ हजार माग गरिएको हो ।  

जिल्लामा आजदेखि सुरु हुने बुस्टर डोज, पहिलो चरणमा अग्रभागमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, सञ्चारकर्मी, सरसफाइकर्मी, बारुणयन्त्र, एम्बुलेन्स चालकलगायतकालाई दिनेछ । यसैबीच जिल्लामा यसअगावै सञ्चालित विशेष खोप अभियानमा जिल्लाका १४ वटा पालिकामा एक लाखभन्दा बढीलाई खोपको पहिलो र दोस्रो मात्रा खोप लगाइएको  कार्यालयले जनाएको छ ।  

स्थायी राजधानी वीरगञ्ज बनाउन माग
 प्रदेश नं २ को स्थायी राजधानी वीरगञ्ज बनाउन माग गर्दै मुख्यमन्त्री लालबाबु राउतको  निजी निवास अगाडि स्थानीय युवाले आइतबार साङ्केतिकरुपमा प्रदर्शन गरेका छन् । हरेक दृष्टिकोणले प्रदेश राजधानीका लागि वीरगञ्ज उपयुक्त रहेको उनीहरुको भनाइ छ । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ