arrow

भारतमा एकैदिन तीन लाख बढी संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ६ बिहिबार
corona-india_1618102834.jpg
तस्बिर– फाइल

काठमाडौं । भारतमा बुधबार एकैदिन तीन लाख भन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । तेस्रो लहरको सबैभन्दा बढी ३ लाख १५ हजार ११५ संक्रमित थपिएका हुन् ।

निको हुने दर पनि बढेको छ । बुधबार एकैदिन २ लाख २३ हजार ११२ जनालाई निको भएको छ । ४९३ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ४ लाख ८७ हजार ६८६ जनाको ज्यान गएको छ । 

१५ दिनमा भारतमा सक्रिय संक्रमितको बढोत्तरी ५७१ प्रतिशत रहेको छ । मंगलबार २ लाख ८२ हजार संक्रमित थपिएकामा बुधबार ३२ हजार १४५ संक्रमित थपिएका हुन् । सक्रिय संक्रमितको संख्या बढेर १९ लाख ३२ हजार २५८ पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ