arrow

विश्वभर एकैदिन थपिए ३४ लाख बढी संक्रमित, साढे आठ हजारको गयो ज्यान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ६ बिहिबार
corona-world.jpg

काठमाडौं । विश्वभर एकैदिन ३४ लाख भन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । त्यसैगरी आठ हजार छ सयको हाराहारीमा मृत्यु भएको छ । सबैभन्दा बढी संक्रमित अमेरिकामा ६ लाख ५१ हजार ८९२ जना भएका छन् । त्यसैगरी २ हजार १४१ जनाको ज्यान गएको छ । 

फ्रान्समा ४ लाख ३६ हजार १६७ जना संक्रमित थपिँदा २३१ जनाको ज्यान गएको छ । भारतमा ३ लाख १५ हजार १५८ संक्रमित थपिँदा ४९३ जनाको ज्यान गएको छ । 

ब्रजिलमा २ लाख ५ हजार ३१० संक्रमित थपिँदा ३४९ जनाको ज्यान गएको छ । बेलायतमा १ लाख ८ हजार ६९ जना संक्रमित थपिँदा ३५९ जनाको ज्यान गएको छ । 

इटालीमा १ लाख ९२ हजार ३२० जना संक्रमित थपिँदा ३८० जनाको ज्यान गएको छ । स्पेनमा १ लाख ५७ हजार ९४१ संक्रमित थपिँदा १६० जनाको ज्यान गएको छ । 

जर्मनीमा १ लाख २१ हजार ९५२ संक्रमित थपिँदा २५८ जनाको ज्यान गएको छ । अर्जेन्टिनामा १ लाख २८ हजार ३२१ संक्रमित थपिँदा २०८ ले ज्यान गुमाएका छन् । 

रुसमा ६९८, टर्कीमा १७६, कोलम्बियामा १६९, मेक्सिकोमा ३२०, पोल्याण्डमा ३७५, युक्रेनमा १६३, दक्षिण अफ्रिकामा १५६, क्यानडामा १७०, भियतनाममा १४२, बोलिभियामा ८६, बुल्गेरियामा ९३ जनाको ज्यान गएको छ । 

चीनको वुहानबाट सन् २०१९ को डिसेम्बर अन्त्यबाट सर्न थालेको यो रोगबाट चीनमा भने जम्मा १ लाख ५ हजार ३४५ जनामात्र संक्रमित भएका छन् । बुधबारमात्रै ८७ जना संक्रमित थपिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ