arrow

संक्रमणबाट ज्यान गुमाउने विश्वकै दोस्रो ठूलो देशमा फेरि मृतक बढे

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ६ बिहिबार
covid_burial_brazil.jpg

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट ज्यान जाने विश्वकै दोस्रो ठूलो देश ब्राजिलमा फेरी मृतकको संख्या बढेको छ । यस देशमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट कम्तीमा पनि ६ लाख २१ हजार ८८५ जनाको ज्यान गएको छ । 

ब्राजिल कोरोना भाइरसका कारण ज्यान जानेमा अमेरिका भन्दा पछि पर्छ । विश्वमा कोरोनाका कारण सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ ।

 ब्राजिलमा गएको २४ घन्टामा कम्तीमा पनि ३३८ जना कोरोना संक्रमितको निधन भएको छ । ब्राजिलका स्वस्थ्य अधिकारीहरुले सो जानकारी दिएका हुन् । उनीहरुका अनुसार यहाँ पछिल्लो समयमा कोरोना भाइरसको संक्रमणसँगै मृत्युको संख्या पनि अघिल्लो महिनाका तुलनामा बढिरहेको छ ।

यसैगरी यहाँ गएको २४ घन्टामा २ लाख भन्दा बढी संक्रमित भएका छन् । यहाँ अहिलेसम्ममा २ करोड ३४ लाखभन्दा बढी नागरिक संक्रमित भएका ब्राजिलको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा देखाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ