arrow

बेइजिङ विन्टर ओलम्पिकमा नेपाल नखेल्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ७ शुक्रबार
beijing-olympics-2022.jpg

काठमाडौं । चीनको बेइजिङमा हुने विन्टर ओलम्पिकमा नेपाल सहभागी नहुने भएको छ । छनोट र कोटामासमेत खेलाडी पर्न नसकेपछि चीनले पहिलो पटक आयोजना गर्न लागेको विन्टर ओलम्पिकमा नेपालको सहभागीता नहुने भएको हो ।  

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले विन्टर ओलम्पिकमा नेपालले नखेल्ने पक्का भएको बताएको हो । ‘यस पटक कोटा पनि पाएनौं । कोभिडका कारण खेलाडीले छनोट खेलसमेत पूरा गर्न पाएनन्’ एनओसीले भनेको छ ।’ 

एनओसीका पदाधिकारीसमेत जान नपाउने भएका छन् । जुन देशका खेलाडी सहभागी हुँदैनन् त्यो देशका पदाधिकारीसमेत सहभागी हुन पाउँदैनन् ।

गत आइतबारसम्म प्रतियोगितामा खेलाडी दर्ताको समय निर्धारण गरेको थियो । एनओसीले कोटामार्फत खेलाडी सहभागीताको प्रयास गरे पनि पाएन ।

नेपालबाट छनोटका लागि सफलराम श्रेष्ठले प्रयास गरेका थिए । उनले स्कलरशिप पनि पाएका थिए । तर यसअघि उनी विभिन्न दुई प्रतिस्पर्धामा भाग लिन पाएका थिएनन् । जसका कारण ८० नम्बर नपुगेर छनोट नभएको एनओसीका प्रमुख कार्यकारी अधिकृत सीईयो चतुरानन्द वैद्यले जानकारी दिए ।  

बेइजिङ विन्टर ओलम्पिक फेब्रुअरी ४ देखि २० सम्म हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ