arrow

भारतमा एकैदिन साढे तीन लाख नजिक थपिए कोरोना संक्रमित, मृतक बढे 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ७ शुक्रबार
corona-india-killed.jpg
तस्बिर– फाइल

काठमाडौं । भारतमा बिहीबार एकैदिन साढे तीन लाखको हाराहारीमा कोरोना भाइरसका संक्रमित थपिएका छन् । तीन लाख ४४ हजार ८५६ जना संक्रमित थपिएका हुन् । तेस्रो लहर आएपछि यो सबैभन्दा बढी हो । २ लाख २० हजारलाई निको भएको छ । निको हुने दर पनि बढ्दो छ । 

मृतक पनि बढेका छन् । तेस्रो लहर शुरु भएपछि सबैभन्दा बढी बिहीबार ६९८ जनाको ज्यान गएको छ । बुधबार ३ लाख १७ हजार संक्रमित थपिँदा ४९१ जनाको ज्यान गएको थियो । 

पछिल्लो चार दिनदेखि मृतकको संख्या पनि बढ्दै गएको छ । १७ जनवरीमा ३१० जनाको ज्यान गएको थियो । त्यसयता निरन्तर बढ्दो छ । दोस्रो लहरमा सबैभन्दा बढी गत मे ११ तारिखमा ७२४ जनाको ज्यान गएको थियो । 

हाल सक्रिय संक्रमित बढेर २० लाख ११ हजार पुगेका छन् । पहिलो पटक यो संख्या पार भएको हो । गत ३१ डिसेम्बरमा जम्मा १ लाख कोरोनाका सक्रिय संक्रमित रहेकामा २१ दिनमा २० गुणाले बढेका हुन् । १५ दिनमा मात्रै सक्रिय संक्रमितको वृद्धिदर ४४१ प्रतिशत रहेको छ । 

भारतमा अहिलेसम्म ३ करोड ८५ लाख ६३ हजार बढीलाई कोरोना लागेको छ । ३ करोड ६० लाख बढीलाई निको भएको छ भने ४ लाख ८८ हजार ३९१ जनाको ज्यान गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ