arrow
ADVERTISEMENT

साल्ट ट्रेडिङका एक मात्र जीवित संस्थापक सञ्चालक मानन्धरको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ७ शुक्रबार
manadhar.PNG

काठमाडौं । साल्ट ट्रेडिङ लिमिटेडका एक मात्र जीवित रहेका संस्थापक सञ्चालक लक्ष्मीदास मानन्धरको निधन भएको छ । बिहीबार राति ह्याम्स अस्पतालमा उनको निधन भएको हो । 

विसं २०२० भदौ २० गते लिमिटेडको स्थापना हुँदा उनी संस्थापक सञ्चालकका रूपमा रहेका थिए । लिमिटेडको स्थापना हनुअघिदेखि नै मानन्धरले नुनको व्यापार गर्दै आएका थिए । नेपालमा नुनको व्यापार व्यवस्थित गर्न सरकारले लिमिटेडको स्थापना गरेपछि उनी त्यसको संस्थापक सञ्चालक बनेका हुन् ।

राति सुत्न लागेका बेला वान्ता भएपछि ९४ वर्षका मानन्धरलाई उपचारका लागि ह्याम्स अस्पताल धूम्बाराही लगिएको थियो । अस्पताल पुर्‍याएको केही बेरमा चिकित्सकले उनलाई मृत घोषणा गरेको लिमिटेडका प्रवक्ता ब्रजेश झाले जानकारी दिए । 

नेकपा एमालेको राजनीतिमा सक्रिय मानन्धर पूर्व सांसद समेत हुन् । मानन्धरले नेपाल भाषाको सम्वद्र्धनमा पनि काम गरेका थिए । 

मानन्धरको आजै विष्णुमती किनारस्थित इन्द्रायणी मन्दिर परिसरमा धार्मिक विधिअनुसार अन्त्येष्टि गरिने बताइएको छ । अन्त्येष्टि अघि ठहिटीस्थित उनको निवासबाट शवयात्रा गरिने छ । मानन्धरका दुई छोरा र दुई छोरी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ