arrow

रुसी तनावकाबीच अमेरिकी सैन्य सहयोग युक्रेनमा पुग्याे

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ९ आइतबार
ukrain-russia-usa.PNG

काठमाडौं । अमेरिकाले युक्रेलाई प्रदान गर्ने भनेको २० करोड अमेरिकी डलर बराबरको सुरक्षा सहयोगमध्ये पहिलो चरणको सहयोग कीभ (युक्रेनको रजाधानी) मा पुगेको छ ।

बुधबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले कीभको भ्रमण समेत गरेका थिए । त्यसपछि अमेरिकी सहयोगको पहिलो लट युक्रेन पुगेको त्यहाँ स्थित अमेरिकी दुतावासाले जनाएको छ ।

रुसले युक्रेनी सीमा क्षेत्रमा लाखौं सेनाहरु तैनाथ गरेको छ । रुसले युक्रेनमाथि दबाब बनाइरहेका बेला अमेरिकी विदेशमन्त्री ब्लिन्केन र रुसका विदेशमन्त्री सर्गेई लाभरोभबीच शुक्रबार वार्ता समेत भएको थियो ।

रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने चिन्ता उच्च बिन्दुमा रहेको छ । यसबीच अमेरिकाले रुसलाई रोक्नका लागि विभिन्न रणनीतिक कदमहरु चालिरहेको छ ।

शनिबार युक्रेनमा रुसी सहयोग पुगिसकेपछि यस किसिमको सहयोग निरन्तर प्रदान गरिरहने अमेरिकाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ