arrow

कोरोनाले रोकियो प्रधानमन्त्रीको बिहे

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ९ आइतबार
new-zealand-jacinda.jpg

काठमाडौं । कोभिड १९ महामारीका कारण न्युजिल्याण्डकी प्रधानमन्त्रीको विवाह रोकिएको छ । 

न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले बढ्दो ओमिक्रोन सङ्क्रमणका कारण आफ्नो बिहे रोकिएको जानकारी दिएकी छन्। 

उनले नियमित पत्रकार सम्मेलनमा आइतबार बिहे कार्यक्रम हाललाई अगाडि नबढ्ने जानकारी दिएकी छन्।

 बिहे, भोज र अन्य मनोरञ्जनात्मक कार्यक्रम जहाँ मानिसको ठुलो भीड हुने गर्छ हाललाई सबै त्यस्ता कार्यक्रम स्थगित गर्न सुझाव समेत दिएकी छन् । 

यहाँको सरकारले थप स्वास्थ्य सतर्कता अपनाउँछ समेत सबैमा आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ