arrow

कोरोना संक्रमित ३५ करोड नाघे, ५६ लाखको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १० सोमबार
corona-worldwide.jpg

काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीले दुई वर्ष पूरा गरी सक्दा ३५ करोडभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । सन् २०१९ को अन्त्यतिरबाट चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट सोमबार दिउँसो १२ः१५ बजेसम्म वल्डोमिटर्सले अद्यावधिक गरेको विवरणअनुसार विश्वभर ३५ करोड २१ लाख ३० हजार ५६३ जना मानिस कोरोनाबाट संक्रमित भएका छन् । 

कोरोनाबाट सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा सात करोड १९ लाख २५ हजार ९३१ जना संक्रमित भएका छन् । अमेरिकापछि भारतमा तीन करोड ९५ लाख ४३ हजार ३२८ जना, ब्राजिलमा दुई करोड ४० लाख ४४ हजार ४३७ जना, फ्रान्समा एक करोड ६६ लाख ९२ हजार ४३२ जना, बेलायतमा एक करोड ५८ लाख ५९ हजार २८८, रुसमा एक करोड ११ लाख आठ हजार १९१ जना, टर्कीमा एक करोड नौ लाख ४७ हजार १२९ जना र इटालीमा ९९ लाख २३ हजार ६७८ जना संक्रमित भएका छन् । 

कोरोना संक्रमणबाट हालसम्म ५६ लाख १४ हजार ७९५ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी अमेरिकामा आठ लाख ८९ हजार १९७ जनाले ज्यान गुमाएका छन् । त्यसपछि क्रमश ब्राजिलमा ६ लाख २३ हजार १४५ जना, भारतमा चार लाख ८९ हजार ८९६ जना, रुसमा तीन लाख २६ हजार ११२ जना, मेक्सिकोमा तीन लाख तीन हजार १८३ जना र पेरु दुई लाख चार हजार ३२३ जनाको मृत्यु भएको छ । 

यीबाहेक एक लाखभन्दा बढी नागरिक गुमाउने फ्रान्स, बेलायत, इटाली, जर्मनी, अर्जेन्टिना, इरान, कोलम्बिया, पोल्याण्ड, इन्डोनेसियासहितका देशहरू छन् ।

साथै संक्रमितको संख्या ३५ करोडभन्दा बढी हुँदा र ५६ लाखभन्दा बढी मानिसले ज्यान गुमाउँदा २७ करोडभन्दा बढी व्यक्तिले कोरोनालाई जितेका छन् । वल्डोमिटरका अनुसार २७ करोड ९८ लाख ५२ हजार २३ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ