arrow

कम्बोडियामा संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य

logo
सिन्ह्वा,
प्रकाशित २०७८ माघ १० सोमबार
corona-covid-dalta-plus.jpg

होमपेन्ह् । कम्बोडियामा पछिल्लो २० दिनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या शून्यमा झरेको छ । स्वास्थ्य मन्त्रालयले सोमबार वक्तव्य जारी गर्दै पछिल्लो २० दिनमा कोरोनाका कारण कम्बोडियामा कसैको पनि मृत्यु नभएको जनाएको हो । 

कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरसबाट संक्रमितहरुको सङ्ख्या भने बढीरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो समयमा ४० जना नयाँ संक्रमित थपिएसँगै ओमिक्रोनभाइरसबाट कुल संक्रमितको सङ्ख्या ६२५ पुगेको छ । 

“नयाँ थपिएका ४० संक्रमित मध्ये १५ जना देश बाहिरबाट आएकाहरुमा देखिएको हो भने अरु २५ जना देश भित्रैबाट सरेको देखिएको छ,” मन्त्रालयको वक्तव्यमा लेखिएको छ ।

दक्षिणपूर्वी एसियाली यस मुलुकमा ओमिक्रोनको संक्रमण सवैभन्दा पहिलो पटक सन् २०२१ को डिसेम्बर १४ मा देखिएको थियो । अफ्रिकी मुलुक घानाबाट आएकी कम्बोडियाली गर्भवती महिलामा पहिलो संक्रमण पुष्टि भएको हो । 

कम्बोडियाका प्रधानमन्त्री हुनसेनले ओमिक्रोनबाट संक्रमित सवैलाई चाहेको अवस्थामा घरमै उपचारको व्यवस्था गरिने घोषणा शुक्रबार गर्नुभएको छ । 

कोरोनाभाइरसको महामारीको सुरुवात भने कम्बोडियामा सन् २०२० को जनवरी देखि भएको मन्त्रालयले जनाएको छ । महामारी सुरु भएदेखि अहिलेसम्म कम्बोडियामा कारोनाभाइरसबाट एक लाख २१ हजार ६६ जना संक्रमित भएका छन् । 

कुल संक्रमित मध्ये तीन हजार १५ जनाको मृत्यु भएको छ भने एक लाख १७ हजार २३२ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् ।

देशको कुल जनसङ्ख्याको ८९.६ प्रतिशतले कोरोनाभाईरस विरुद्धको कम्तीमा एउटा खोप लगाएको तथ्याङ्क छ । कम्बोडियामा चीनमा बनेको सिनोभ्याक र सिनोफार्म खोप प्रयोग गरिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ