arrow

रुसी तनावबीच नाटोले पूर्वी युरोपमा पठायो थप युद्धविमान र पानीजहाज

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ११ मंगलबार
nato-plane.jpg

काठमाडौं । नाटोले पूर्वी युरोपमा थप युद्धविमान र पानी जहाज पठाइरहेकाे जानकारी गराएकाे छ । युक्रेनमाथि आक्रमणको तयारी गर्दै रुसले सीमामा लाखौं सेना तैनाथ गरेपछि नाटोले प्रतिक्रिया स्वरुप सैन्य स्थापना सुदृढ गरेको हो ।

नाटोको यो कदमको गठबन्धन राष्ट्रहरुले समेत स्वागत गरेका छन् । सोमबार यस बिषयमा बाेल्दै नाटोका महासचिव जेन्स स्टोल्टेनबर्गले रूसविरूद्ध आवश्यक सबै उपायँहरु अबलम्बन गर्ने बताएका छन् ।

नाटोको यो कदम युक्रेनमाथि आक्रमण गर्ने रुसी योजनालाई पश्चिमा शक्तिले निस्तेज पार्न खोजेको अर्काे संकेत हो ।

हाम्रो सामूहिक प्रतिरक्षालाई सुदृढ पार्दै हाम्रो सुरक्षा वातावरण बिग्रिएको जवाफ हामी सधैं दिनेछौं, नाटोको महासचिव स्टोल्टेनबर्गले जारी गरेको विज्ञप्तिमा भनेका छन् ।

रुसले सेना राखेको पूर्वी भागमासमेत थप नाटो युद्धसमूहहरूको तैनाथी हुनसक्ने उनले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ